शुक्रबार, असार ५, २०८३

भाटभटेनीका मालिक गुरुङ ललिता निवास प्रकरणमा पक्राउ

गुरुङ बालुवाटारस्थित ललिता निवासको २९९ रोपनी ३ आना सरकारी जग्गा हिनामिना प्रकरणका आरोपित हुन्।
 |  मंगलबार, असार १२, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, असार १२, २०८०

काठमाडौं– नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) ले भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङलाई पक्राउ गरेको छ।गुरुङलाई सीआइबीको टोलीले उनकै निवास नक्सालबाट नियन्त्रणमा लिएको हो। 

National life

गुरुङ बालुवाटारस्थित ललिता निवासको २९९ रोपनी ३ आना सरकारी जग्गा हिनामिना प्रकरणका आरोपित हुन्।

प्रहरीको फरारको सूचीमा रहेका गुरुङले शोभाकान्त ढकाल, रामप्रसाद सुवेदी तथा मालपोत कार्यालयका हुपेन्द्रमणि केसी र टीका घिमिरेसँगको मिलेमतोमा सबैभन्दा धेरै जग्गा खरिद गरेको छानबिनबाट फेला परेको थियो।

विशेष अदालतले २०७७ मा गुरुङसँग २ करोड रुपैयाँ धरौटी मागेको थियो। मुद्दा दायर भएको एक वर्षपछि उनी अदालतमा उपस्थित भएका थिए।

प्रकाशित: Jun 27, 2023| 12:08 मंगलबार, असार १२, २०८०
प्रतिक्रिया दिनुहोस्