शुक्रबार, साउन २३, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • मेयर बालेनविरुद्धको अदालत अवहेलना मुद्दा न्यायाधीश श्रेष्ठको इजलासमा

मेयर बालेनविरुद्धको अदालत अवहेलना मुद्दा न्यायाधीश श्रेष्ठको इजलासमा

 |  मंगलबार, असार १२, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, असार १२, २०८०

vianetvianet
Metro Mart

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहविरुद्धको अदालत अवहेलना मुद्दाको पेशी सर्वोच्चका न्यायाधीश तिलकप्रसाद श्रेष्ठको एकल इजलासमा तोकिएको छ। यसअघि सो मुद्दाको पेशी हेर्न नभ्याइनेमा परेको थियो। 

उच्च अदालत पाटनले सिनेमा हल सञ्चालकहरूलाई हिन्दी फिल्मको प्रदर्शन नरोक्न महानगरविरुद्ध अन्तरिम आदेश दिएपछि मेयर बालेनले सामाजिक सञ्जालमा आफूले आदेश नमान्ने बताएका थिए। उनले देशको सार्वभौमिकता र स्वाधीनताका विषयमा आफूले कानुन र अदालतलाई नमान्ने जिकिर गरेका थिए। 

उक्त अभिव्यक्तिले अदालतको अवहेलना हुने भन्दै अधिवक्ता वर्षाकुमारी झाले सर्वोच्च अदालतमा रिट दिएकी थिइन्। शाहले भारतीय चलचित्र आदिपुरुषले 'सीता भारतकी छोरी हुन्' भन्ने संवाद हटाउन चेतावनी दिए पनि नहटाएपछि महानगरभित्र हिन्दी फिल्म चल्न नदिने घोषणा गरेका थिए। त्यसपछि सिनेमा हल सञ्चालक अदालत पुगेका थिए।

प्रकाशित: Jun 27, 2023| 12:07 मंगलबार, असार १२, २०८०
प्रतिक्रिया दिनुहोस्

थप समाचार

बाल्यकालमै बिहे, जीवनभर पीडा

बाल्यकालमै बिहे, जीवनभर पीडा

यो कर्णालीका किशोरीहरूको प्रतिनिधित्व हो। जसको जीवनमा बालविवाहले पीडामाथि पीडा थुपारिएको छ। बालविवाह गरेकाहरुले पीडादायी स्वास्थ्य समस्या झेल्नु त परेकै छ। कयौंले ज्यानसमेत गुमाउनु परिरहेको...
नीति अभावले वनमै कुहिँदै करोडौँका काठ, आर्थिक संकटमा वन समूह

नीति अभावले वनमै कुहिँदै करोडौँका काठ, आर्थिक संकटमा वन समूह

बाह्य बिक्रीवितरणबाट प्राप्त आम्दानीको २५ प्रतिशत पनि प्रदेश सञ्चित कोषमा जानुपर्ने नियमले उपभोक्तालाई थप मार परेको छ।