शुक्रबार, असार ५, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • मेयर बालेनविरुद्धको अदालत अवहेलना मुद्दा न्यायाधीश श्रेष्ठको इजलासमा

मेयर बालेनविरुद्धको अदालत अवहेलना मुद्दा न्यायाधीश श्रेष्ठको इजलासमा

 |  मंगलबार, असार १२, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, असार १२, २०८०
National life
Shivam cement

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहविरुद्धको अदालत अवहेलना मुद्दाको पेशी सर्वोच्चका न्यायाधीश तिलकप्रसाद श्रेष्ठको एकल इजलासमा तोकिएको छ। यसअघि सो मुद्दाको पेशी हेर्न नभ्याइनेमा परेको थियो। 

उच्च अदालत पाटनले सिनेमा हल सञ्चालकहरूलाई हिन्दी फिल्मको प्रदर्शन नरोक्न महानगरविरुद्ध अन्तरिम आदेश दिएपछि मेयर बालेनले सामाजिक सञ्जालमा आफूले आदेश नमान्ने बताएका थिए। उनले देशको सार्वभौमिकता र स्वाधीनताका विषयमा आफूले कानुन र अदालतलाई नमान्ने जिकिर गरेका थिए। 

उक्त अभिव्यक्तिले अदालतको अवहेलना हुने भन्दै अधिवक्ता वर्षाकुमारी झाले सर्वोच्च अदालतमा रिट दिएकी थिइन्। शाहले भारतीय चलचित्र आदिपुरुषले 'सीता भारतकी छोरी हुन्' भन्ने संवाद हटाउन चेतावनी दिए पनि नहटाएपछि महानगरभित्र हिन्दी फिल्म चल्न नदिने घोषणा गरेका थिए। त्यसपछि सिनेमा हल सञ्चालक अदालत पुगेका थिए।

प्रकाशित: Jun 27, 2023| 12:07 मंगलबार, असार १२, २०८०
प्रतिक्रिया दिनुहोस्