बुधबार, साउन २७, २०८३

भीरबाट लडेर गोरखामा एकजनाको मृत्यु

 |  मंगलबार, असार १२, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, असार १२, २०८०

गोरखा– गोरखामा भीरबाट लडेर एकजनाको मृत्यु भएको छ। गोरखाको बारपाक सुलिकोट गाउँपालिका–७ पाँचखुवा देउरालीका ६० वर्षीय मीनबहादुर गुरुङको भीरबाट लडेर मृत्यु भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले घरबाट आइतबार जङ्गलमा काठ लिन गएका गुरुङ नफर्किएपछि खोजी गर्ने क्रममा अमलेस्थित जङ्गलमा सोमबार मृतावस्थामा फेला परेको बताए। ‘परिवारका सदस्यसहित स्थानीयवासी मिलेर खोजी गर्ने क्रममा वडा नं ७ स्थित अमलेको जङ्गलमा रहेको बिखुरे भीरमा गुरुङको शव भेटिएको हो’, प्रनाउ लामिछानेले भने, ‘घटनाको प्रकृति हेर्दा भीरबाट लडेर ज्यान गएको देखिन्छ।’

गुरुङ काठ लिएर फर्कने क्रममा भीरबाट लडेको प्रहरीले अनुमान गरेको छ।  घटनाको सम्बन्धमा थप अनुसन्धान सुरु गरिएको प्रनाउ लामिछाने बताए। 

प्रकाशित: Jun 27, 2023| 09:22 मंगलबार, असार १२, २०८०
प्रतिक्रिया दिनुहोस्