बुधबार, साउन २७, २०८३

ट्रक र कार ठोक्किँदा झापामा दुईजनाको मृत्यु

 |  मंगलबार, असार १२, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, असार १२, २०८०

झापाको शिवसताक्षी नगरपालिकामा दुईवटा सवारीसाधन एकआपसमा ठोक्किँदा दुईजनाको मृत्यु भएको छ। पश्चिमबाट पूर्वतर्फ गइरहेको ट्रकले विपरीत दिशाबाट आएको कारलाई ठक्कर दिँदा त्यसमा सवार दुई जनाको मृत्यु भएको हो।

मृत्यु हुनेमा मोरङ उर्लाबारीका ४० वर्षिय गुरूचरण चौधरी र १७ वर्षीया कुमकुम चौधरी छन्। मृतक बाबुछोरी हुन्। गम्भीर घाइते भएका उनीहरूलाई बीएन्डसी अस्पताल लगिएकोमा उपचारका क्रममा मृत्यु भएको हो।

दुर्घटनामा पाँच जना घाइते छन् र उनीहरूको उपचार भइरहको छ। घाइते र सवारीसाधनको पहिचान नम्बर खुल्न सकेको छैन। घटनाका बारेमा प्रहरीले अनुसन्धान गरिरहेको छ।

प्रकाशित: Jun 27, 2023| 09:00 मंगलबार, असार १२, २०८०
प्रतिक्रिया दिनुहोस्