शुक्रबार, असार ५, २०८३

कुटपिटको घटनापछि मोहन्यालको सेवा प्रवाह ठप्प

 |  सोमबार, असार ११, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, असार ११, २०८०

सुदूरपश्चिम-  गाउँसभाको बैठक चलिरहँदा भएको कुटपिटको घटनापछि कैलालीको चुरे पहाडी क्षेत्रको मोहन्याल गाउँपालिका कार्यालयको सेवा प्रवाह ठप्प भएको छ। घटनापछि त्यहाँ बस्ने वातावरण नभएको भन्दै कर्मचारी तराईतर्फ हिँडेपछि काम ठप्प भएको हो।

National life

गाउँपलिकाको कार्यालय सार्नेसम्बन्धी प्रस्ताव आइतबार बसेको गाउँसभाले दुई तिहाइ बहुमतले पारित गरेलगत्तै असन्तुष्ट स्थानीय केही व्यक्ति कुटपिट र हात हालाहालमा उत्रिएका थिए। ‘कुटपिटको घटनापछि त्यहाँ बस्ने वातावरण नै भएन, घटनालगत्तै कोही मोटरसाइकलमा र कोही पैदल हिँडेर गाउँ छाड्नु पर्यो’, एक कर्मचारीले भने, ‘सबै हिँडेपछि कार्यालयको सेवा प्रवाह रोकिएको छ।’

आक्रमणबाट गाउँपालिका उपाध्यक्ष कमल साउद र वडा नं २ र ७ का अध्यक्षसहितका व्यक्ति घाइते भएका छन्। घाइतेको अवस्था सामान्य रहेको छ।

आक्रोशितको ढुङ्गा प्रहारबाट कार्यालयको नवनिर्मित भवनमा क्षति पुगेको छ। हाल खिमडी भन्ने ठाउँमा रहेको गाउँपालिकाको कार्यालय वडा–१ को भकुण्डे भन्ने ठाउँमा सार्ने प्रस्ताव पारित भएको जनाइएको छ। खिमडी क्षेत्रबाट कार्यालय सबैको पायक पर्ने ठाउँमा सार्नुपर्ने माग विगतदेखि नै हुँदै आएको थियो। 

भौगोलिक विकटता र सडक पूर्वाधारको अभावका कारण यो गाउँपालिकाको कार्यालय विगतमा मैदानी फाँटको सुक्खड बजारमा सञ्चालनमा ल्याई सेवाप्रवाह गर्ने गरिएको थियो। केही वर्ष धनगढीबाट पनि गाउँपालिका कार्यालयले सेवाप्रदान गरेको थियो।
 

Shivam cement

प्रकाशित: Jun 26, 2023| 22:03 सोमबार, असार ११, २०८०
प्रतिक्रिया दिनुहोस्