बुधबार, साउन २७, २०८३

काठमाडौंको भोटेबहालमा इनारमा डुबेर दुई युवाको मृत्यु

 |  सोमबार, असार ११, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, असार ११, २०८०

काठमाडौं- काठमाडौं महानगरपालिका–११ भोटेवहाल अरनिको गल्लीमा रहेको इनारमा डुबेर दुई युवाको मृत्यु भएको छ।

मृत्यु हुनेहरुमा सिन्धुली मजुवा घर भई हाल काठमाडौं बसन्तपुर डेरागरी बस्ने २२ वर्षीय दिपेश गुरुङ र झापा घर भई हाल काठमाडौं बसन्तपुर बस्ने ३८ वर्षीय दिपेन लिम्बु रहेका छन्।

भोटेबहालस्थित दिपेश श्रेष्ठको इनारमा डुबेर सोमबार बिहान उनीहरुको मृत्यु भएको हो। इनरमा रहेको पानी तान्ने मेसिन बनाउनका लागि मेसिन झिक्न इनारभित्र पस्दा उनीहरुको डुबेर मृत्यु भएको हो।

प्रकाशित: Jun 26, 2023| 20:38 सोमबार, असार ११, २०८०
प्रतिक्रिया दिनुहोस्