बुधबार, साउन २७, २०८३

जिउँदो सर्प घाँटीमा बेरेर चर्तिकला देखाउँदा ज्यान गयो

 |  सोमबार, असार ११, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, असार ११, २०८०

काठमाडौं- जिउँदो सर्प समातेर घाँटीमा बेर्ने क्रममा त्यही सर्पले डस्दा एक व्यक्तिको मृत्यु भएको छ। घटना झापाको हो। हल्दीबारी गाउँपालिका–३ पाराखोपीका ३२ वर्षीय शम्भु राजवंशीले आइतबार राति घरमा आएको सर्प पक्रेर घाँटीमा बेरेका थिए। 

त्यस क्रममा दुवै हातमा सर्पले डस्दा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। मादक पदार्थ सेवन गरी घाँटीमा बेर्न खोज्दा राजवंशीलाई सर्पले डसेको हो।

उपचारका लागि चारआलीस्थित नेपाली सेनाको सर्पदंश उपचार केन्द्र लैजाने क्रममा उनको बाटोमै मृत्यु भएको थियो।

प्रकाशित: Jun 26, 2023| 20:37 सोमबार, असार ११, २०८०
प्रतिक्रिया दिनुहोस्