बिहीबार, साउन ७, २०८३

प्रधानमन्‍त्री ओली आज डिस्चार्ज हुने

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौँ- छातीमा सङ्क्रमण भएपछि अस्पताल भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई  शुक्रबार डिस्चार्ज गर्ने तयारी भएको छ ।

बिहीबार सबै रिपोर्टहरु सामान्य देखिएपछि चिकित्सकहरुले प्रधानमन्त्रीलाई शुक्रबार साँझसम्म डिस्चार्ज गर्ने तयारी गरेका हुन । 

चिकित्सकका अनुसार उनी अहिले करिब सामान्य अवस्थामा आएका छन् । तर, उनलाई आरामको भने जरुरत रहेको उनीहरुको भनाइ छ ।

रगतमा चिनीको मात्रा सन्तुलित भएपछि प्रधानमन्त्रीलाई दिँदै आएको इन्सुलिन पनि बिहीबारदेखि बन्द गरिएको छ । उनको खोकी पनि पूर्ण रुपमा ठिक भएको प्रधानमन्त्रीको उपचारमा संलग्न डा अरुण सायमीले जनाएका छन् । 

छातीको सङ्क्रमण, ज्वरो र खोकी बढेपछि गत सोमबार महाराजगञ्जस्थित त्रिवि, चिकित्सा शास्त्र अध्ययन संस्थान, मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लाण्ट सेण्टरमा प्रधानमन्त्री ओलीलाई भर्ना गरिएको थियो ।

उनको उपचारमा मुटुरोग विशेषज्ञ डा अरुण सायमीको संयोजकत्वमा डा दिव्यासिंह शाह तथा छातीरोग विशेषज्ञ डा सन्तकुमार दासको टोली संलग्न छ ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।