शुक्रबार, असार ५, २०८३

नक्कली भुटानी शरणार्थी प्रकरणमा थप एक पक्राउ

 |  सोमबार, असार ११, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, असार ११, २०८०

काठमाडौं- नक्कली भुटानी शरणार्थी प्रकरणमा थप एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा आशिष बुढाथोकी रहेको काठमाडौं प्रहरी परिसरले जानकारी दिएको छ।

National life

बुढाथोकीलाई काठमाडौंको गल्फुटारबाट पक्राउ गरिएको हो। उनको बैंक खाता लेनदेनमा प्रयोग भएको देखिएकोले अनुसन्धानको दायरामा ल्याइएको हो।

यो प्रकरणमा अहिलेसम्म १८ जना पक्राउ परेका छन्। तीमध्ये १६ जनालाई काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ भने दुईजना धरौटीमा रिहा भएका छन्।

पुर्पक्षमा पठाइएकाहरुमा पूर्वउपप्रधानमन्त्री तथा एमाले नेता टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री तथा कांग्रेस नेता बालकृष्ण खाण, पूर्वगृहसचिव टेकनारायण पाण्डेलगायत छन्। यो प्रकरणमा ३० जनाविरुद्ध मुद्दा दायर भएको छ।

प्रकाशित: Jun 26, 2023| 18:00 सोमबार, असार ११, २०८०
प्रतिक्रिया दिनुहोस्