शुक्रबार, असार ५, २०८३

कोशीमा एमाले सरकार ढाल्ने गठबन्धन दलको निर्णय

 |  सोमबार, असार ११, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, असार ११, २०८०

काठमाडौं- कोशी प्रदेशसभाको तेस्रो अधिवेशन आह्वान भएसँगै विपक्षी गठबन्धनको बैठक बसेको छ। मुख्यमन्त्रीले विश्वासको मत माग्ने प्रयोजनका लागि प्रदेशसभाको तेस्रो अधिवेशन असार १४ गतेलाई बोलाइएको हो।

National life

लगत्तै गठबन्धनका नेता छलफलमा जुटेका छन्। विराटनगरमा आज बसेको गठबन्धन दलको बैठकले प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीको विश्वासको मतसम्बन्धी प्रस्ताव फेल गराउने निर्णय गरेको छ।

नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा) का प्रदेश संसदीय दलका नेता, प्रमुख सचेतक, सांसद तथा पार्टी नेतृत्वको संयुक्त बैठक बसेको हो। बैठकले मुख्यमन्त्रीले ल्याउने विश्वासको मतसम्बन्धी प्रस्ताव फेल गराउने र गठबन्धन दलकै नेतृत्व र सहभागितामा नयाँ सरकार गठनको प्रक्रिया सुरू गर्ने निर्णय गरेको छ।

जसपा र माओवादीले एमालेका मुख्यमन्त्री हिक्मतकुमार कार्की सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै उनी अल्पमतमा परेका छन्। उनलाई अहिले एमालेका ४० र राप्रपाका ६ सांसदको मात्रै समर्थन छ। ९३ सदस्य रहेको प्रदेशसभामा बहुमत पुर्‍याउन ४७ सिट आवश्यक पर्छ।

प्रदेशसभामा एमालेका ४०, कांग्रेसका २९, माओवादीका (सभामुखसहित) १३, राप्रपाका ६, नेकपा एसका ४ र जसपाका १ सांसद छन्।

Shivam cement

 

प्रकाशित: Jun 26, 2023| 17:51 सोमबार, असार ११, २०८०
प्रतिक्रिया दिनुहोस्