शुक्रबार, असार ५, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • नक्कली शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई जोडिएकोमा गृह मन्त्रालयको खण्डन

नक्कली शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई जोडिएकोमा गृह मन्त्रालयको खण्डन

 |  सोमबार, असार ११, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, असार ११, २०८०

काठमाडौं- गृह मन्त्रालयले नक्कली भुटानी शरणार्थी प्रकरणमा कांग्रेस नेताहरुलाई जोडेर एक दैनिक पत्रिकाले प्रकाशित गरेको भ्रामक समाचारको खण्डन गरेको छ।

National life

मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले सोमबार 'नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन' शीर्षकको समाचारको खण्डन गरेको हो। गृहमन्त्री श्रेष्ठले यस प्रकरणमा कुनै व्यक्ति लक्षित गरी केही गर्न वा नगर्न कुनै  प्रकारको निर्देशन नदिएको मन्त्रालयले स्पष्ट पारेको छ। उक्त पत्रिकाले प्रकाशित गरेको समाचार भ्रामक, कपोलकल्पित र झुटो भएको पनि मन्त्रालयले जनाएको छ।

सत्यमा आधारित नभईकन प्रकाशित यस्ता खालका समाचारले मन्त्रालयले हाल सञ्चालन गरिरहेको अपराध र भ्रष्टाचार नियन्त्रणको अभियानलाई दिग्भ्रमित पार्न उद्दत समूहलाई मात्र फाइदा पुग्ने कुरातर्फ सचेत रहन मन्त्रालयले अनुरोध गरेको छ।

356206675_6656089014443181_2906702869272999128_n1687779289.jpg

प्रकाशित: Jun 26, 2023| 17:17 सोमबार, असार ११, २०८०
प्रतिक्रिया दिनुहोस्