बिहीबार, साउन ७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • आजका अखबार : मन्‍त्रीलाई हटाउन मुख्यमन्‍त्रीको लविङ

आजका अखबार : मन्‍त्रीलाई हटाउन मुख्यमन्‍त्रीको लविङ

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडाैं- राजधानीबाट प्रकाशित शुक्रबारका राष्ट्रिय दैनिक अखबारहरुले विविध विषयका खबरलाई प्राथमिकतामा पारेका छन् । 

कसैले तीन नम्बर प्रदेशका मुख्यमन्त्री र मन्त्रीबीच चर्को विवाद भएको विषयलाई मुख्य समाचार बनाएका छन् भने कसैले निर्मला पन्तको बलात्कार पछि हत्या भएको १०० दिन पुग्दा समेत अझै अपराधी पत्ता लाग्न नसकेको विषयलाई प्राथमिकतामा पारेका छन् । 

प्रधानमन्त्री आज डिस्चार्ज हुँदै शीर्षकमा एङ्कर न्यूज छापेको आजको नयाँ पत्रिकाले आन्तरिक तनावमा प्रदेशका मन्त्रिपरिषद् शीर्षकमा मुख्य समाचार छापेको छ । तीन नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेल र भौतिक पूर्वाधार तथा विकासमन्त्री केशव स्थापितबीच विवाद हुँदा तनाव बढेको हो । मुख्यमन्त्री पौडेलले आफूसंग अभद्र व्यवहार गरेको भन्दै मन्त्री स्थापितलाई हटाउने कसरतमा लागेको समाचारमा जनाइएको छ । 

यस्तै अन्य प्रदेशमा पनि आन्तरिक विवाद चर्किएको नयाँ पत्रिकाले लेखेको छ। कर्णली प्रदेशमा मन्त्रीको राजीनामा मागिएको छ भने दलको नेत को बन्ने भन्ने विषयमा पनि विवाद देखिएको छ । प्रदेश १ मा मन्त्रिपरिषद् अझै अपूर्ण रहेको छ भने राजधानीमा मन्त्रीहरुबीच नै विवाद देखिएको छ । प्रदेश २ मा गठबन्धन र दलभित्रै पनि विवाद देखिएको छ । सुदुरपश्चिममा राजधानी तोकिए पनि विवाद कायमै रहेको समाचारमा उल्लेख छ ।  

आजको अन्नपूर्ण पोस्ट्ले पनि तीन नम्बर प्रदेशका मुख्यमन्त्री र मन्त्रीबीच विवाद भएको विषयलाई मुख्य समाचार बनाएको छ । मुख्यमन्त्री–मन्त्री भनाभन शीर्षकमा खबर लेखेको अन्नपूर्णले भौतिक पूर्वाधार तथा विकासमन्त्री केशव स्थापितलाई हटाउन मुख्यमन्त्री डोरमणी पौडेलले लविङ थालेको उल्लेख गरेको छ ।

यस्तै ललितपुरको बाग्मति गाउँपालिकाका अध्यक्षसहित अधिकांश पदापधिकारी र कर्मचारी कार्यलय खाली गरेर विदेश भ्रमणमा गएको विषयलाई पनि प्राथमिकता दिएको छ । 

यस्तै आजको नागरिक दैनिकले निर्मला हत्याको सय दिन : हत्यारा अझै पत्ता लागेन शीर्षकमा मुख्य समाचार छापेको छ । अनुसन्धान सही दिशामा नगरेको, प्रमाण नष्ट गरेको र निर्दोषलाई दोषी करार गर्न यातना दिएको आरोप खेपेको प्रहरीले  चित्त बुझ्दो तथ्य बाहिर ल्याउन सकेको छैन् । अहिलेसम्म प्रहरीको अनुसन्धान शून्यमा रहेको समाचारमा उल्लेख छ । यसै विषयलाई नयाँ पत्रिकाले पनि महत्वका साथ प्रकाशित गरेको छ । 

यस्तै नागरिकले महाधिवेशन आउन डेढ वर्ष छँदै कांग्रेसमा महाधिवेशनको राप लागेको विषयलाई पनि प्राथमिकतामा पारेको छ । केन्द्रदेखि गाउँसम्मका नेता कार्यकर्ताहरुले  महाधिवेशतर्फ ध्यान केन्द्रित गर्न थालेका छन् । नागरिकले तिहार नजिकिँदै गर्दा आठ करोडको तास आयात भएको विषयालाई पनि महत्वका साथ छापेको छ । 

नेपाल मलेसिया श्रम समझदारी तत्काल कार्यान्व्यन गर्न अप्ठेरो परेको विषयलाई एङ्कर न्यूज बनाएको आजको कान्तिपुरले चिनीमा चुपचाप शीर्षकमा मुख्य समाचार छापेको छ मुल्य घटाउने र कोटा खारेज गर्ने सिफारिससहितको उपसमितिको प्रतिवेदन लेखा समितिले थन्क्याएको समाचारमा उल्लेख छ ।  
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।