आइतबार, साउन २५, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • प्रकाश सपुतमाथि रोमानियामा आक्रमण, प्रतिष्ठानले गरायो कूटनीतिक नियोगलाई ध्यानाकर्षण

प्रकाश सपुतमाथि रोमानियामा आक्रमण, प्रतिष्ठानले गरायो कूटनीतिक नियोगलाई ध्यानाकर्षण

 |  सोमबार, असार ११, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

सोमबार, असार ११, २०८०

vianetvianet

काठमाडौं- गायक प्रकाश सपुतमाथि रोमानियाको कन्सर्टमा भएको आक्रमणको घटनाप्रति राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानले भर्त्सना गरेको छ। अध्यक्ष रीता थापामगरले सोमबार विज्ञप्ति जारी गर्दै घटनालाई लिएर त्यहाँस्थित कूटनीतिक नियोग र प्रतिष्ठानको युरोप शाखाको समेत ध्यानाकर्षण गराएको जनाएकी छन्।

संस्थाका सचिवसमेत रहेका गायक सपुतमाथि गीत गाउने क्रममा भएको बोतल प्रहारको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ। ‘यस्ता घटनाले कलाकारको मनोबल गिर्नुको साथै नेपाली दाजुभाइबाट हुने यस्ता अवाञ्छित क्रियाकलापले सबै नेपाली कलाकारको मन दुखेको छ,’ विज्ञप्तिमा भनिएको छ।

संस्थाले दोषीमाथि कडाभन्दा कडा कारवाहीको माग गर्दै घटनालाई दोहोरिन नदिन आयोजकलाई समेत आग्रह गरेको छ। नेपाली समयअनुसार सोमबार बिहान युरोपेली मुलुक रोमानियामा नेपाली समुदायले आयोजना गरेको सांगीतिक कार्यक्रमको क्रममा सपुतमाथि दर्शक दीर्घाबाट बियरको बोतल प्रहार भएको थियो। घटनामा सपुतको अनुहारमा सामान्य चोट लागेको छ। आधा घण्टा कार्यक्रम बिथोलिएको र त्यसपछि कार्यक्रम सुचारु भएको जनाइएको छ।

'याद नेपाली म्युजिक फेस्टिभल भाग-२' नाम दिइएको उक्त कार्यक्रमको घटनाका दोषीलाई तत्कालै आयोजकले नियन्त्रणमा लिएका थिए। उक्त कार्यक्रममा गायिका प्रीति आले समेत सहभागी थिइन्। घटनालाई लिएर नेपाली संगीतकर्मीले आपत्ति व्यक्त गरिरहेका छन्।

प्रकाशित: Jun 26, 2023| 17:03 सोमबार, असार ११, २०८०
प्रतिक्रिया दिनुहोस्