शुक्रबार, असार ५, २०८३

जिल्ला अदालत काठमाडौंका न्यायाधीश भट्टराईले दिए राजीनामा

 |  सोमबार, असार ११, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, असार ११, २०८०
National life
Shivam cement

काठमाडौं- जिल्ला अदालत काठमाडौंका न्यायाधीश श्रीकृष्ण भट्टराईले पदबाट राजीनामा दिएका छन्। आफैंले कानुनी र नैतिक रूपमा प्रश्न उठाएको व्यक्ति सर्वोच्च अदालतको प्रधानन्यायाधीश भएको भन्दै उनले
राजीनामा दिएका हुन्।

न्यायाधीश नियुक्तिको प्रक्रियाप्रति असन्तुष्टि व्यक्त गर्दै उनले राजनीतिक पार्टीका मानिसहरू न्याय परिषद्‍मा नियुक्त हुने गरेको आरोप लगाएका छन्। न्याय परिषद्ले न्यायाधीशमा राजनीतिक मानिसहरू अपारदर्शी ढंगबाट भर्ती गरिदिएपछि न्यायाधीशहरुको भविष्य नै अन्धकार भएको उनले बताएका छन्।

प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको मातहतमा बस्न असहज हुने भन्दै भट्टराईले राजीनामा दिएका हुन्। कार्की प्रधानन्यायाधीश हुनुपूर्व नै संसदीय समितिमा आफूले उजुरी हाले पनि समितिले विवेक प्रयोग गर्न नसकेको उनले बताए। आगामी दिनमा पनि न्यायपालिकाको सुधार र सुदृढीकरणका लागि आफू सक्रिय रहने उनले बताएका छन्।

प्रकाशित: Jun 26, 2023| 15:22 सोमबार, असार ११, २०८०
प्रतिक्रिया दिनुहोस्