बुधबार, साउन २७, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • अष्ट्रेलियाको संग्रहालयबाट पुरातात्विक महत्वका कलाकृति फिर्ता ल्याइँदै

अष्ट्रेलियाको संग्रहालयबाट पुरातात्विक महत्वका कलाकृति फिर्ता ल्याइँदै

 |  सोमबार, असार ११, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, असार ११, २०८०

अष्ट्रेलियाको ‘नेशनल ग्यालरी' संग्रहालयमा रहेका नेपाली पुरातात्विक महत्वका चार थान काठका कलाकृति नेपाल फिर्ता ल्याइने भएको छ।

नेपाली कलाकारले २०औं शताब्दीभन्दा अगाडि बनाएका काठका कलाकृति विभिन्न माध्यमबाट क्यानबेरास्थित नेशनल ग्यालरी अफ अष्ट्रेलिया पुगेका थिए। नेशनल ग्यालरीले नै कलाकृति नेपाली दूतावासलाई हस्तान्तरण गरेको थियो। यसरी हस्तान्तरण गरिएका चार थान काठका कलाकृति सांग्रिला इन्टरनेशनल फ्रेट प्रालिले नेपाल ल्याउन लागेको हो।

२२ सेन्टिमिटर उचाइ,  ४३ दशमलव ६ सेन्टिमिटर चौडाइ र ११ सेन्टिमिटर गहिराइको सानो आयताकार प्यानल एउटा र तीन वटा विभिन्न साइजका ‘आर्क’ शैलीका प्यानल छन्।     पुरातात्विक महत्वका कलाकृति २६ केजी रहेको सांग्रिला कार्गोका कार्यकारी निर्देशक सौगात सिंहले जानकारी दिए। नेपाल ल्याएपछि ती पुरातात्विक महत्वका कलाकृतिहरु पुरातत्व विभागमा राखिनेछ।

प्रकाशित: Jun 26, 2023| 15:04 सोमबार, असार ११, २०८०
प्रतिक्रिया दिनुहोस्