काठमाडौं- तिर्थ यात्रामा गएका नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले फर्किएलगत्तै सभापति शेरबहादुर देउवा विरोधी गुटको भेला गरेका छन्।
उक्त भेलामा महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, प्रकाशमा सिंह , अर्जुननरसिंह केसी, दिलेन्द्र बडु, मिनेन्द्र रिजाल सहभागी भएको स्रोतले जनाएको छ। स्रोतका अनुसार महासमिति सार्न देउवाले प्रस्ताव पठाए विरोध नगर्ने, विधान मस्यौदामा संस्थापन पक्षले पेलेमा महासमितिमा सशक्त प्रतिकार गर्ने सहमती भएको जनाइएको छ।
देउवाले तिहारअघि केन्द्रीय कार्यसमिति बैठक बोलाए सहभागी वा विरोध गर्ने भन्ने विषयमा छलफल भएको बताइएको छ। बैठकका एजेन्डाका विषयमा पनि छलफल भएको जनाइएको छ।
केन्द्रीय कार्यसमिति बैठक २१ असोज स्थगित भएको थियो थियो । सोही बैठक मा ४ जना नेताले नोट ओफ डिसेन्ट लेखेका थिए। २५ असोजमा राखेको बैठक बहिस्कारपछि हलसम्म स्थगित छ।
शुक्रबार बिहान ११ बजे नेपाली कांग्रेसले चियापान आयोजना गरेको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४