शुक्रबार, असार ५, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • पशुपति विकास कोषका पूर्व सदस्यसचिव ढकालविरुद्ध भ्रष्टाचार मुद्दा

पशुपति विकास कोषका पूर्व सदस्यसचिव ढकालविरुद्ध भ्रष्टाचार मुद्दा

 |  सोमबार, असार ११, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, असार ११, २०८०

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपति क्षेत्र विकास कोषका तत्कालिन सदस्य सचिव डा. प्रदीप ढकालविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। ढकालविरुद्ध १ करोड ४४ लाख ११ हजार रुपैयाँ स्रोत नखुलेको सम्पत्ति आर्जन गरेको अभियोगमा मुद्दा दायर गरिएको हो।

National life

उनी २०७४ साउन ३२ देखि २०७९ साल जेठ ३० गतेसम्म कोषको सदस्य सचिव थिए। अख्तियारले यही अवधिमा उनले आर्जन गरेको सम्पत्तिमाथि अनुसन्धान गरेको हो।

सार्वजनिक पद धारण गरेका ढकालले प्रचलित कानुनबमोजिम पेश गरेको सम्पत्ति विवरण अमिल्दो तथा अस्वभाविक देखिनुका साथै अस्वाभाविक उच्च जीवनस्तर यापन गरेको र सार्वजनिक पदको दुरुपयोग गरी १ करोड ४४ लाख बराबरको सम्पत्ति गैरकानुनी रूपमा आर्जन गरी प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (१) बमोजिमको कसुर गरेको पुष्टि हुन आएको अख्तियारले बताएको छ।  

 

प्रकाशित: Jun 26, 2023| 14:45 सोमबार, असार ११, २०८०
प्रतिक्रिया दिनुहोस्