शुक्रबार, असार ५, २०८३

सेनाको संख्या कटौती अनावश्यक हल्लाः  रक्षामन्त्री खड्का

बहुप्रकृतिको जिम्मेवारीलाई हेर्दा सेनाको संख्या कायमै राख्नुपर्ने रक्षामन्त्री खड्काको सुझाव।
 |  सोमबार, असार ११, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, असार ११, २०८०

काठमाडौं– उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले नेपाली सेनाको संख्या कटौती गर्न आवश्यक नभएको बताएका छन्।

National life

सोमबार प्रतिनिधिसभा बैठकमा रक्षा मन्त्रालयको विनियोजन शीर्षकमाथि सांसदले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले बहुप्रकृतिको जिम्मेवारीलाई हेर्दा सेनाको संख्या कायमै राखेर अघि बढ्न सान्दर्भिक हुने जानकारी दिएका हुन्।

सेना संविधानप्रति प्रतिबद्ध संगठन भएको र यसले आफ्नो जिम्मेवारी सोहीअनुसार निर्वाह गरिरहेको उनले बताए। उनले भने, ‘संविधानप्रति प्रतिबद्ध सेनाको संगठन रहने संवैधानिक व्यवस्था छ। त्यसैले सेनाको संख्या घटाउनु उसलाई दिइएको बहुप्रकृतिका विभिन्न जिम्मेवारीलाई जोडेर हेर्दा सान्दर्भिक हुन्छ भन्ने लाग्दैन।’

नेपाली सेनाको संगठनलाई सुदृढीकरण गर्न आवश्यक रहेको उनले बताए।

प्रकाशित: Jun 26, 2023| 14:08 सोमबार, असार ११, २०८०
प्रतिक्रिया दिनुहोस्