आइतबार, साउन २५, २०८२

पाँचजना मृत फेला, सवारी दुर्घटनामा दुईको ज्यान गयो

 |  सोमबार, असार ११, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

सोमबार, असार ११, २०८०

vianetvianet

काठमाडौं- चितवन, इच्छाकामना गाउँपालिका-४ केवलकारस्थित सडकमा बा.३ ख ९४६० नम्बरको माईक्रो बस र लु.९३ प ९४६ नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खाई आइतबार साँझ दुर्घटना हुँदा मोटरसाइकल चालक रुपन्देही कन्चनजंगा नगरपालिका-१ बस्ने ३६ वर्षीय हेमन्त कुमालको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो। माइक्रो बस चालकलाई
प्रहरीले नियन्त्रणमा लिएको छ।

बर्दिया, राजापुर नगरपालिका-६ जमुनाबोजीमा बयलगाडा (डल्लब)को ठक्करबाट सोही नगरपालिका-६ टपरा बस्ने ९५ वर्षीया जान कुमारी दिब्यश्वरीको आइतबार दिउँसो मृत्यु भएको छ। ठक्करबट गम्भीर घाइते भएकी उनको वेस्टर्न अस्पताल नेपालगंजमा उपचारको क्रममा मृत्यु भएको हो। बयलगाडा (डल्लब) चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

मृत फेला
जुम्ला, गुठिचौर गाउँपालिका-२ कनाल भन्ने स्थानमा बस्ने ४६ वर्षीया लक्ष्मी बुढा आइतबार मृत अवस्थामा फेला परेकी छन्। घट्टमा पिसाउन गएको अवस्थामा पनेला खोलाले घट्ट बगाएको र महिला बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी प्रहरी पोष्ट गुठिचौरबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा उनको शव फेला परेको हो।

बाजुरा, खप्तड छेडेदह गाउँपालिका-४ ग्वानी बस्ने २२ वर्षीया संगिता साउद बोगटी बार्जुगाड खोलाको किनारमा आइतबार मृत अवस्थामा फेला परेकी छिन्। खोला तर्ने क्रममा खोलाले बगाएको भन्ने खबर प्राप्तहुनासाथ प्रहरी चौकी टाँटेबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा उनको शव फेला परेको हो।

झापा, दमक नगरपालिका-६ बस पार्कस्थित कदमको रुख मुनी हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३५ वर्षीय पुरुष आइतबार मृत अवस्थामा फेला परेका छन्।

Metro Mart

सप्तरी, सुरूङगा नगरपालिका-६ श्रीपुरस्थित श्रीपुर गाँउस्थित पानी जमेको खेतको खाल्डोमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४० वर्षीय पुरूष आइतबार मृत अवस्थामा फेला परेका छन्।

मोरङ, विराटनगर महानगरपालिका-७ देवकोटा चोकस्थित खाली जग्गामा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ५० वर्षीय पुरुष आइतबार मृत अवस्थामा फेला परेका छन्।

चट्याङ लागेर मृत्यु
बकैया गाउँपालिका-९ शिखरपुर बस्ने ३२ वर्षीय नविन भोलनको सोही गाउँपालिका- १० देउबुजेस्थित मामाको घरमा बसिरहेको अवस्थामा चट्याङ लागेर आइतबार दिउँसो घटनास्थलमै मृत्यु भएको छ।

प्रकाशित: Jun 26, 2023| 14:07 सोमबार, असार ११, २०८०
प्रतिक्रिया दिनुहोस्