आइतबार, साउन २५, २०८२

लागूऔषध कुलतमा फस्यो २० देखि २९ वर्ष उमेर समूहको संख्या

विभिन्न तथ्यांकबाट लागूऔषधका प्रयोगकर्ता बढ्नु, अपराधको दर बढ्दै जानु, लागूऔषधको अवैध कारोबार बढ्नु चिन्ताजनक विषय भएको गृहमन्त्री नारायणकाजीको धारणा।’
 |  सोमबार, असार ११, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

सोमबार, असार ११, २०८०

vianetvianet

काठमाडौं– नेपालमा २० देखि २९ वर्ष उमेर समूहको संख्याका सेवनकर्ता लागूऔषध बढी प्रभावित भएको उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले बताएका छन्। उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले लागूऔषधको अवैध कारोबार र प्रयोगकर्ता बढ्नु चिन्ताजनक भएको उनको धारणा छ।

सोमबार लागूऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस अवसरमा गृहमन्त्री श्रेष्ठले यस्तो बताएका हुन्। उनले भने, ‘विभिन्न तथ्यांकबाट लागूऔषधका प्रयोगकर्ता बढ्नु, अपराधको दर बढ्दै जानु, लागूऔषधको अवैध कारोबार बढ्नु चिन्ताजनक स्थिति रहेको छ।’

लागूऔषधको प्रयोग नेपालमा पनि समस्याको रुपमा देखापर्दै आएको बताउँदै उनले यसबाट समृद्ध राष्ट्र निर्माणको राष्ट्रिय लक्ष्य प्राप्त गर्नसमेत बाधा पुग्ने बताए। स्वस्थ, सभ्य, अपराधमुक्त र समुन्नत समाज निर्माण गर्ने राष्ट्रिय लक्ष्य हासिल गर्न पनि बाधा पुग्ने उनको चिन्ता छ।

उनले अगाडि भने, ‘लागूऔषध सेवनकर्ता २० देखि २९ वर्ष उमेर समूहको संख्या बढी प्रभावित भएको छ। विकासका संवाहक र भविष्यका उत्पादनशील युवा जनशक्ति दुव्र्यसनमा फस्दा व्यक्ति स्वयं, परिवार, समाज र राष्ट्रका लागि हानिकारक हुन्छ।’

मन्त्री श्रेष्ठले लागूऔषध नियन्त्रणसम्बन्धी राष्ट्रिय नीति तथा रणनीति र कानुनले अंगीकार गरेका कार्यक्रमको सफल कार्यान्वयन गर्न सबै पक्षबाट इमानदार प्रयासको आवश्यकता औंल्याए।

Metro Mart

‘मुलुकको सर्वांगीण विकास, समृद्धि एवं शान्ति सुरक्षा र सुशासन कायम गर्ने दिशामा लागूऔषध अपराधविरुद्धको राष्ट्रिय उपादेयिता जुटाउन अपरिहार्य भएको छ,’ मन्त्री श्रेष्ठले भने, ‘लागूऔषध नियन्त्रणसम्बन्धी राष्ट्रिय नीति तथा रणनीति र कानुनले अंगीकार गरेका कार्यक्रमको सफल कार्यान्वयन गर्न सबै पक्षबाट इमानदार प्रयासको आवश्यकता रहेको छ।’

प्रकाशित: Jun 26, 2023| 13:45 सोमबार, असार ११, २०८०
प्रतिक्रिया दिनुहोस्