सोमबार, जेठ ४, २०८३

घाँटीमै सर्प बेरेपछि...

मदिरा सेवन गरेका राजवंशीले सर्प समातेर घाँटीमा बेरेपछि दुवै हातमा डसेकामा उपचार गर्न लैजाँदा बाटामै मृत्यु। 
 |  सोमबार, असार ११, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, असार ११, २०८०

झापा– सर्पदंशका कारण झापामा एक व्यक्तिको मृत्यु भएको छ।

National life

मृत्यु हुनेमा हल्दीबारी गाउँपालिका–२ पाराखोपीका ३२ वर्षीय शम्भु राजवंशी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्र रिजालले जानकारी दिए।

आइतबार राती घरको ढोकामा सर्प देखेपछि राजवंशीले समातेर घाँटीमा बेरेका र सोही क्रममा उनलाई सर्पले डसेको बताइएको छ। 

मदिरा सेवन गरेका राजवंशीले सर्प समातेका र सर्पलाई घाँटीमा बेरेपछि दुवै हातमा सर्पले डसेको थियो। सर्पको डसाइबाट सख्त भएका उनलाई राती नै चारआलीस्थित सर्प दंश उपचार केन्द्रमा लैजाने क्रममा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रकाशित: Jun 26, 2023| 13:01 सोमबार, असार ११, २०८०
प्रतिक्रिया दिनुहोस्