बुधबार, साउन २७, २०८३

मधेस दिवसको तिथिमिति जुराउन आयोगले माग्यो सुझाव

मधेस दिवसको तिथिमिति जुराउन आयोगद्वारा सरोकारवालासँग राय/सुझाव माग।
 |  सोमबार, असार ११, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, असार ११, २०८०

काठमाडौं–मधेसी आयोगले मधेस दिवस मनाउने निर्णय गरेको छ। आइतबार आयोग कार्यालयमा बसेको ८५औं बैठकमा मधेस दिवस कहिले मनाउने भन्ने सम्बन्धमा विज्ञसँग छलफल गरेको हो। 

अध्यक्ष डा.विजयकुमार दत्तको अध्यक्षतामा बसेको बैठकमा पूर्वमन्त्रीद्वय लालबाबु पण्डित तथा अनिल झा, सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरिशचन्द्र लाल, पूर्वन्यायाधीश लोकेन्द्र मल्लिक, लोकसेवा आयोगका पूर्वसदस्य ब्रह्मदेव राय, पूर्वसांसद सकलदेव सुतिहारसहितका विज्ञसँग मधेस दिवसको मिति निक्र्योल गर्ने सम्बन्धमा छलफल भएको आयोगले जनाएको छ। 

आयोगले नेपाल र नेपाली, मधेस र मधेसीलाई गौरवान्वित हुने मिति निर्णय गर्ने र त्यसका आर्थिक, सामाजिक, राजनीतिक र भौगोलिक आधारमध्ये कुन राम्रो हुन्छ, आगामी दिनमा सरोकारवालासँग छलफल गरी दिवस मनाउने मिति तोकिने बताइएको छ।

प्रकाशित: Jun 26, 2023| 12:19 सोमबार, असार ११, २०८०
प्रतिक्रिया दिनुहोस्