शुक्रबार, असार ५, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • पशुपतिनाथमा जलहरी किचलोः प्रारम्भिक प्रतिवेदनले भेट्याएन अनियमितता

पशुपतिनाथमा जलहरी किचलोः प्रारम्भिक प्रतिवेदनले भेट्याएन अनियमितता

बाहिर हल्ला चलेजस्तो जलहरी राख्दा सुनमा ठूलो परिमाणमा अनियमितता भएको नदेखिएको अख्तियारको प्रारम्भिक रिपोर्ट। 
 |  सोमबार, असार ११, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, असार ११, २०८०

काठमाडौं– पशुपतिनाथ मन्दिरमा राखिएको सुनको जलहरी नाप जाँचमा खटिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले  प्रारम्भिक निष्कर्षमा अनियमितता नभेटिएको बताएको छ।

National life

टोलीले आइतबार तौलिँदा जलहरी १०६.४३२५ केजी मापन गरिएको थियो भने कस्न बनाइएको किलाकाँटीको मापन गर्दा १.०३७५ किलो भेटिएको छ।
हाल मापन गरिएको जलहरी र किलाकाँटीमा कति सुन, तामा र पित्तल प्रयोग भयो भनेर छुट्याउन अझै दुई दिन लाग्ने आयोगका एक उच्च अधिकृतले जानकारी दिए। 

उनका अनुसार बाहिर हल्ला चलेजस्तो ठूलो परिमाणमा सुनमा अनियमितता भएको देखिएन। तत्कालीन प्रधानमन्त्री केपी ओलीले १२ माघ २०७७ मा पशुपतिनाथ मन्दिरमा संकल्प पूजा गरी करिब १ अर्ब रुपैयाँ लागतमा जलहरी राख्ने घोषणा गरेका थिए।

ओलीले त्यतिबेला सुनको जलहरी राख्न  सरकारका तर्फबाट ३० करोड दिने घोषणा गरेका थिए। कोषले सरकारबाट प्राप्त हुने रकममा ५० करोड ११ हजार थपेर करिब ८० करोड लागतमा १०८ केजीको जलहरी राख्ने निर्णय गरेको थियो।

जलहरी निर्माणका क्रममा २४ क्यारेटको सुन पगालेर २२ क्यारेटको बनाउने र त्यसमा ३ प्रतिशत तामासँगै १ प्रतिशत चाँदी मिसाइएको कोषले जनाएको छ। आयोग नेतृत्वको टोलीमा कोष, खानी तथा भू–गर्भ विभाग, गुणस्तर तथा नापतौल विभाग र नेपाल सुनचाँदी व्यवसायी महासंघ प्रतिनिधि संलग्न छन्।

Shivam cement

प्रतिनिधिसभामा सत्तारुढ माओवादीका सांसदले पशुपतिमा सुनको जलहरी राख्दा ओलीले सुन खाएको दाबी गरेपछि एमालेले संसद् बैठक अवरुद्ध गरेको थियो। त्यसपछि जलहरी विवादलाई अख्तियारबाट छानबिन गराउने निष्कर्षमा सरकार पुगेको थियो।

प्रकाशित: Jun 26, 2023| 11:55 सोमबार, असार ११, २०८०
प्रतिक्रिया दिनुहोस्