बिहीबार, साउन ७, २०८३

राष्ट्रपति भण्डारी स्वदेश फिर्ता 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारी कतारको चार दिने भ्रमण सकेर बिहीबार स्वदेश फिर्ता भएकी छन्। 

कतारका अमिर सेख तमिम विन हमाम अल थानीको निमन्त्रणामा त्यसतर्फ प्रस्थान गरेकी राष्ट्रपति भण्डारी बिहीबार बेलुका ७ :४५ बजे त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल ल्यान्ड गरेकी हुन्। उनलार्इ मन्त्रीहरु उपप्रधान तथा रक्षामन्त्री इश्‍वर पोख्रेल र गृहमन्त्री रामबहादुर थापाबादलले स्वागत गरेका थिए। 

राष्ट्रपति भण्डारीले कात्तिक १३ मा कतारी अमिर तमिमसँग औपचारिक संवाद गरेकी थिइन्। भ्रमण क्रममा भण्डारीले कतार फाउन्डेसनका अध्यक्ष शेख मोजा विन्ट नासिर, नेपाली व्यवसायी र समुदायसँग छुट्टाछुट्टै भेट समेत गरेकी थिइन्।

कतारमा रहँदा भण्डारीले समकक्षी तमिमसँग नेपाली कामदारको सुरक्षा, अवसर, चुनौती र लगानीको विषयमा छलफल गरेको जनाइएको छ। राष्ट्रपतिको भ्रमण टोलीमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, परराष्ट्र सचिव शंकर बैरागीसहित उच्च सरकारी अधिकृत सहभागी थिए।

उनको भ्रमणलाई आइतबार बसेको मन्त्रिपरिषद बैठकले स्वीकृत गरेको थियो। 

राष्ट्रपतिको भ्रमणले नेपाल र कतारबीच द्विपक्षीय सहयोग सम्बन्ध सुदृढ हुने विश्वास गरिएको छ। त्यस्तै कृषि तथा पशुपंक्षी विकास सम्बन्धी, स्वास्थ्य सम्बन्धी, सुरक्षा सहयोगसम्बन्धी, प्रेस तथा सूचनासम्बन्धी र कुटनीतिक राहदानी बाहकलाई प्रवेशाज्ञा छुट दिने समझदारीपत्रमा हस्ताक्षर समेत भएको जनाइएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।