बुधबार, साउन २७, २०८३

भोटेबहालमा इनारमा डुबेर दुई जनाको मृत्यु

इनारबाट पानी तान्ने क्रममा मोटर खसेपछि निकाल्न जाँदा दुवै जनाको डुबेर मृत्यु भएको हो। 
 |  सोमबार, असार ११, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, असार ११, २०८०

काठमाडौं– काठमाडौंको भोटेबहालस्थित एउटा घरमा पेन्टिङ गरिरहेका दुई जनाले इनारमा खस्दा ज्यान गुमाएका छन्। इनारबाट पानी तान्ने क्रममा मोटर खसेपछि निकाल्न जाँदा दुवै जनाको डुबेर मृत्यु भएको हो। 

पानी तान्ने क्रममा मोटर खसेपछि इनारमा पसेका झापाका ३६ वर्षीय दीपेन लिम्बू निस्कन नसकेपछि उनलाई बचाउन गएका सिन्धुलीका  २२ वर्षीय जितेश गुरुङ दुवै जना फसेपछि मृत्यु भएको हो।

दुवै जनाको इनारभित्र ज्यान गएको काठमाडौं प्रहरी प्रवक्ता एसपी सीताराम रिजालले बताए। दुवै जनाको शव इनारबाट निकालिएको र मुचुल्का गरेर पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल लैजाने तयारी भइरहेको एसपी रिजालले जानकारी दिए।

प्रकाशित: Jun 26, 2023| 11:20 सोमबार, असार ११, २०८०
प्रतिक्रिया दिनुहोस्