काठमाडौं- नेपाल टेलिकमले आज राति ४ घण्टा आफ्ना केही सेवाहरु अवरुद्ध हुने जानकारी दिएको छ।
नियमित मर्मत सम्भारका क्रममा आज राति ११:४५ बजेदेखि ५ घण्टासम्म प्याकेज सब्सक्रिप्सन, क्वारी र रिचार्ज सेवा अवरुद्ध हुनसक्ने टेलिकमले जारी गरेको सूचनामा उल्लेख छ। अन्य सेवाहरु भने सुचारु हुने टेलिकमले जनाएको छ।