शुक्रबार, असार ५, २०८३

भक्तपुरको बजेट २ अर्ब २६ करोड

 |  आइतबार, असार १०, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, असार १०, २०८०

काठमाडौं- भक्तपुर नगरपालिकाले २०८०-८१ को लागि २ अर्ब २६ करोड ८५ लाख ९४ हजार रूपैयाँको बजेट प्रस्तुत गरेको छ। नगर प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा आज बसेको चौधौं नगरसभामा उपप्रमुख रजनी जोशीले  बजेट प्रस्तुत गरेकी हुन्।

National life

चालू खर्चतर्फ १ अर्ब ३७ करोड ९४ लाख र पुँजीगत खर्चतर्फ ७९ करोड ४१ लाख रुपैयाँ र वित्तीय व्यवस्थातर्फ ९ करोड ५० लाख विनियोजन गरिएको छ।

बजेट वक्तव्यमा ख्वप इन्जिनियरिङ कलेजमा बी ब्लकको नयाँ भवन निर्माणका लागि आगामी वर्ष २ करोड ५० लाख रुपैयाँ विनियोजन गरिएको छ। साथै ख्वप बहुप्राविधिक अध्ययन संस्थानमा नयाँ भवन निर्माणको लागि २ करोड रुपैयाँ विनियोजन गरिएको छ।

नगरपालिकाभित्र सञ्चालित सामुदायिक आधारभूत तथा माध्यमिक विद्यालयहरूलाई अनुदान दिन २ करोड बजेट छुट्याइएको छ भने शैक्षिक ऋणको लागि २ करोड रूपैयाँ छुट्याइएको छ। विद्यालयहरुमा कार्यरत कर्मचारी तथा सहयोगीहरुले पाउँदै आएको तलबमा नगरपालिकाले प्रतिव्यक्ति मासिक २ हजारको दरले थप पारिश्रमिक दिने व्यवस्था गरेको छ।

ख्वप अस्पतालमा सीटी स्क्यान खरिदको गर्न ८ करोड रुपैयाँ, भौतिक पूर्वाधार निर्माणलाई २ करोड रुपैयाँ, सञ्चालन खर्च ३ करोड रूपैयाँ र वडा नं. १० स्थित बेखाल स्वास्थ्य सेवा केन्द्र निर्माण गर्न ३० लाख र भनपा वडा नं. ७ स्थित खँचा पोखरी स्वास्थ्य चौकी निर्माणमा ५० लाख थप विनियोजन गरेको छ।

Shivam cement

नगरमा खानेपानीको पूर्वाधार निर्माण तथा आकाशे पानी संकलन विधिका लागि १ करोड विनियोजन गरेको छ। हनुमन्ते खोला सुधार गर्नका लागि रिटेनिङ वाल निर्माणलगायतका कार्य गर्न १ करोड रुपैयाँ, अरनिको सभाभवन निर्माणका लागि ३ करोड २० लाख र बागमती प्रदेश सरकारबाट ८० लाख गरी कुल ४ करोड विनियोजन गरी बहुवर्षिय योजनाका रुपमा अघि बढाएको छ।

प्रकाशित: Jun 25, 2023| 17:50 आइतबार, असार १०, २०८०
प्रतिक्रिया दिनुहोस्