ललितपुरमा एक जना मिटरब्याजी पक्राउ परेका छन्। ललितपुर महानगरपालिका-१४ नखिपोट बस्ने ४६ वर्षीय ज्ञानेन्द्र महर्जन पक्राउ परेका हुन् ।
प्रहरीका अनुसार ज्ञानेन्द्रले २०७५ पुस २४ गते ललितपुर-११ बस्ने ३७ वर्षीय मनोज महर्जनलाई ३० लाख रुपैयाँ दिएका थिए। सापटी रकम फिर्ता लिँदा भने उनले साँवाभन्दा १ करोड २६ लाख रुपैयाँ बढी लिएको पीडितको भनाइ छ।
उनलाई ललितपुर-१४ जुपिटरटोलस्थित घरबाट पक्राउ गरिएको थियो। उनको घरमा प्रहरीले तलासी लिँदा ७ करोड २९ हजार ७७ हजारको विभिन्न व्यक्तिहरूको नामको तमसुक २३ वटा बरामद भएको थियो। ती तमसुक कतिपय वडाबाट प्रमाणित भएका, केही नभएका र केही म्याद नाघेका थिए।
त्यस्तै विभिन्न बैंक तथा सहकारीको गरी १ करोड ३४ लाख रुपैयाँ बराबरको ३२ वटा चेक, ६ वटा चेकबुक र लालपुर्जा समेत उनको घरबाट बरामद भएको छ। उनीमाथि थप अनुसन्धान गर्न प्रहरीले ललितपुर जिल्ला अदालतबाट अनुमति लिएको छ।