शुक्रबार, असार ५, २०८३

पशुपतिनाथको जलहरी जाँच्दै अख्तियार

 |  आइतबार, असार १०, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, असार १०, २०८०

काठमाडौं- पशुपतिनाथ मन्दिरको ज्योतिर्लिंगमा राखिएको सुनको जलहरी जाँच्नका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोली त्यहाँ पुगेको छ। जलहरी राख्दा अनियमितता भएको बाहिर आएपछि यसबारे अख्तियारले छानबिन गरिरहेको छ।

National life

आज दिउँसो १ देखि २ बजेसम्म नापजाँच गर्ने भन्दै टोली पशुपतिनाथ पुगेको हो। अख्तियारको टोलीमा खानी तथा भूगर्भ विभाग, गुणस्तर तथा नापतौल विभाग र नेपाल सुनचाँदी व्यवसायी महासंघका प्रतिनिधिहरू पनि संलग्न रहेको बताइएको छन्। उनीहरूले जलहरीको तौल, सुनको गुणस्तर, तोकिएभन्दा कम रहे-नरहेको विषयमा परीक्षण गर्नेछन्। अख्तियारकोफ टोली आउने भनेपछि पशुपतिनाथ मन्दिर पूरै खाली गराइएको थियो।

जलहरीमा ११ किलो सुन घोटाला भएको र त्यसमा कोषकै पदाधिकारी संलग्न रहेको समाचार बाहिरिएपछि संसद्‍मा समेत हंगामा  भएको थियो। यही विषयलाई लिएर नेकपा एमालेले सदन अवरुद्ध गरेको थियो। ०७७ माघ १२ मा पत्नी राधिका शाक्य र सहयोगीका साथ पशुपतिनाथ मन्दिरमा पुगेर ‘संकल्प पूजा’ गरेका तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले करिब १ अर्ब रुपैयाँमा जलहरी राख्ने घोषणा गर्दै त्यसका लागि सरकारले ३० करोड रुपैयाँ दिने बताएका थिए। लगत्तै पशुपति क्षेत्र विकास कोषले सरकारले दिने रकममा ५० करोड आफैं थपेर १ सय ८ किलोको जलहरी राख्ने निर्णय गरेको थियो।

ओलीले घोषणा गरेको अर्को महिना फागुन ११ गते जलहरी राखिएको थियो र भोलिपल्ट तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले जलहरी उद्घाटन गरेको थिइन्। केही दिनमै जलहरी चुँडिएपछि त्यसको गुणस्तर र सुनको परिमाणलाई लिएर प्रश्न उठेको थियो। त्यहीबीच यो प्रकरणबारे अख्तियारमा उजुरी परेको थियो।

प्रकाशित: Jun 25, 2023| 16:16 आइतबार, असार १०, २०८०
प्रतिक्रिया दिनुहोस्