बिहीबार, साउन २२, २०८२

पशुपतिनाथको जलहरी जाँच्दै अख्तियार

 |  आइतबार, असार १०, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, असार १०, २०८०

vianetvianet

काठमाडौं- पशुपतिनाथ मन्दिरको ज्योतिर्लिंगमा राखिएको सुनको जलहरी जाँच्नका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोली त्यहाँ पुगेको छ। जलहरी राख्दा अनियमितता भएको बाहिर आएपछि यसबारे अख्तियारले छानबिन गरिरहेको छ।

आज दिउँसो १ देखि २ बजेसम्म नापजाँच गर्ने भन्दै टोली पशुपतिनाथ पुगेको हो। अख्तियारको टोलीमा खानी तथा भूगर्भ विभाग, गुणस्तर तथा नापतौल विभाग र नेपाल सुनचाँदी व्यवसायी महासंघका प्रतिनिधिहरू पनि संलग्न रहेको बताइएको छन्। उनीहरूले जलहरीको तौल, सुनको गुणस्तर, तोकिएभन्दा कम रहे-नरहेको विषयमा परीक्षण गर्नेछन्। अख्तियारकोफ टोली आउने भनेपछि पशुपतिनाथ मन्दिर पूरै खाली गराइएको थियो।

जलहरीमा ११ किलो सुन घोटाला भएको र त्यसमा कोषकै पदाधिकारी संलग्न रहेको समाचार बाहिरिएपछि संसद्‍मा समेत हंगामा  भएको थियो। यही विषयलाई लिएर नेकपा एमालेले सदन अवरुद्ध गरेको थियो। ०७७ माघ १२ मा पत्नी राधिका शाक्य र सहयोगीका साथ पशुपतिनाथ मन्दिरमा पुगेर ‘संकल्प पूजा’ गरेका तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले करिब १ अर्ब रुपैयाँमा जलहरी राख्ने घोषणा गर्दै त्यसका लागि सरकारले ३० करोड रुपैयाँ दिने बताएका थिए। लगत्तै पशुपति क्षेत्र विकास कोषले सरकारले दिने रकममा ५० करोड आफैं थपेर १ सय ८ किलोको जलहरी राख्ने निर्णय गरेको थियो।

ओलीले घोषणा गरेको अर्को महिना फागुन ११ गते जलहरी राखिएको थियो र भोलिपल्ट तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले जलहरी उद्घाटन गरेको थिइन्। केही दिनमै जलहरी चुँडिएपछि त्यसको गुणस्तर र सुनको परिमाणलाई लिएर प्रश्न उठेको थियो। त्यहीबीच यो प्रकरणबारे अख्तियारमा उजुरी परेको थियो।

प्रकाशित: Jun 25, 2023| 16:16 आइतबार, असार १०, २०८०
प्रतिक्रिया दिनुहोस्