शुक्रबार, असार ५, २०८३

काठमाडौं महानगरले स्थानीय पेय पदार्थ ब्रान्डिङ गर्ने

 |  आइतबार, असार १०, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, असार १०, २०८०

काठमाडौं महानगरपालिकाले स्थानीय पेय पदार्थको ब्राण्डिङ गर्ने भएको छ। आज महानगरपालिकाको आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै उपमेयर सुनिता डंगोलले स्थानीय समुदायमा प्रचलनमा रहेको स्थानीय पेय पदार्थलाई निजी व्यवसायीको सहकार्यमा ब्राण्डिङ गरिने बताएकी छन्।

National life

यसका लागि महानगरले आवश्यक रकम विनियोजन गरेको छ। ‘स्थानीय समुदायमा प्रचलनमा रहेको स्थानीय पेय पदार्थलाई निजी व्यवसायीको सहकार्यमा ब्राण्डिङ गर्ने कार्यको लागि आवश्यक रकम विनियोजन गरेको छ,’ उनले भनिन्, ‘उत्पादन र उपभोगलाई जोड्न अनलाइन ई-कमर्स पोर्टलमार्फत मेट्रो मार्ट सञ्चालनमा ल्याउन १ करोड रकम विनियोजन गरेको छ। आर्थिक विकास निजी क्षेत्रको स्रोत, साधन, सीप र प्रविधिको उपयोग गरी सार्वजनिक निर्माण तथा सेवाप्रवाहमा साझेदारी कार्यक्रम प्रवर्द्धन गर्न आवश्यक बजेटसहितको व्यवस्था मिलाएको छ।’

आफ्नै फार्मेसी खोल्ने
काठमाडौं महानगरले आगामी आर्थिक वर्षमा सुलभ दरमा औषधि उपलब्ध गराउन आफ्नै फार्मेसी खोल्ने भएको छ। त्यसका लागि उसले बजेटसमेत विनियोजन गरेको छ।

काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले प्रस्तुत गरेको बजेटमा ६ करोड रूपैयाँ फार्मेसी खोल्न विनियोजन गरिएको छ।

त्यस्तै, काठमाडौं महानगरपालिका क्षेत्रभित्रका सहरी स्वास्थ्य क्लिनिकहरूको स्तरोन्नतिसहित स्वास्थ्य प्रवर्द्धन केन्द्रमा रूपान्तरण गर्ने योजना बजेटमा छ। ‘सुलभ स्वास्थ्य सेवा, नागरिकलाई टेवा’ योजना राखिएको यस कार्यक्रमलाई ३५ करोड रकम विनियोजन गरिएको छ।

Shivam cement

महानगरले आइतबार २५ अर्ब ५४ करोड ७८ लाखको बजेट नगरसभामा प्रस्तुत गरेको छ।

 

प्रकाशित: Jun 25, 2023| 14:24 आइतबार, असार १०, २०८०
प्रतिक्रिया दिनुहोस्