सोमबार, चैत २, २०८२

श्रीलंकामा संसदको निलम्बन फुकुवा, सोमबार बैठक

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
कोलम्बो- श्रीलंकाका राष्ट्रपति मैथ्रीपाला सिरिसेनाले संसदको निलम्बन फुकुवा गरी सोमबारका लागि संसदको बैठक बोलाएका छन्। अधिकारीहरुले दुई प्रधानमन्त्रीबीचको शक्ति संघर्ष सुल्झाउन संसदको बैठकले मद्दत गर्ने विश्वास लिएका छन्। 

राष्ट्रपति सिरिसेनाले रनिल विक्रमा सिंघेलाई प्रधानमन्त्री पदबाट बर्खास्त गरी संसद निलम्बन गर्नुभएको थियो। संसद निलम्बन गरेसँगै राष्ट्रपतिले रनिल विक्रमासिङ्घेको सट्टामा पूर्व राष्ट्रपति महिन्दा राजापाक्षलाई प्रधानमन्त्रीमा नियुक्त गरेका थिए। 

विक्रमासिङ्घेले राष्ट्रपतिको कदमलाई खारेज गर्नुका साथै प्रधानमन्त्रीको सरकारी निवास छाड्न अस्वीकार गरेका छन्। 

'बुधबार साँझ राष्ट्रपति र संसदका सभामुखबीच भेटवार्ता भयो। यो एक किसिमको मध्यस्थता हो,' वार्तामा सहभागी एकजना अधिकारीले बताए। 'अन्यथा, सभामुखले राष्ट्रपतिको कदमलाई बेवास्ता गरी शुक्रबार संसदको बैठक आव्हान गर्ने तयारी भएको थियो।' 

संसदमा यो सङ्कटका बारेमा सोमबार मतदान हुने नहुने विषय भने स्पष्ट भइसकेको छैन। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।