बिहीबार, साउन २२, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • विशिष्टको सुरक्षामा आवश्यकभन्दा बढी खटाइएका ३१६ सुरक्षाकर्मी फिर्ता

विशिष्टको सुरक्षामा आवश्यकभन्दा बढी खटाइएका ३१६ सुरक्षाकर्मी फिर्ता

 |  आइतबार, असार १०, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, असार १०, २०८०

vianetvianet

काठमाडौं- गृह मन्त्रालयले विशिष्ट व्यक्तिहरूको सुरक्षामा खटिएका ३१६ जना सुरक्षाकर्मी फिर्ता गरेको छ।

आइतबार प्रतिनिधिसभाको बैठकमा मन्त्रालयगत बजेटमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिने क्रममा गृहमन्त्री नारायणकाजी श्रेष्ठले बहालवाला तथा पूर्वविशिष्ट पदाधिकारीको सुरक्षामा खटिएका ती सुरक्षाकर्मी फिर्ता गरेको जानकारी दिएका हुन्।

मन्त्री श्रेष्ठले विशिष्ट व्यक्तिहरुको व्यवस्थापन कार्यविधि २०७७ विपरीत बहालवाला तथा पूर्वविशिष्ट पदाधिकारीको सुरक्षामा खटिएका नेपाल प्रहरीका १९० जना र सशस्त्र प्रहरी बल नेपालका १२६ जना गरी ३१६ सुरक्षाकर्मी फिर्ता गरिएको जानकारी दिए। उनले यस कार्यमा पूर्वगृहमन्त्री रवि लामिछानेले पनि सकारात्मक भूमिका खेलेको भन्दै प्रशंसा गरे। त्यतिबेला लामिछानेले विशिष्ट व्यक्तिहरूको सुरक्षामा खटिएका सुरक्षाकर्मी फिर्ता बोलाउने निर्णय गरेका थिए।

अहिले सरकारले कार्यविधि नै बनाएर  त्यसम्बन्धी प्रतिवेदन तयार पारेको गृहमन्त्री श्रेष्ठले जानकारी गराए। अति विशिष्ट व्यक्तिहरूको भ्रमणको समयमा नागरिकले सास्ती भोग्नुपरेको विषयलाई सम्बोधन गर्न गठित कार्यदलले सुझावसहितको प्रतिवेदन तयार भएको सोको कार्यान्वयन प्रक्रिय सुरू भई विशिष्ट व्यक्तिहरूको सुरक्षा व्यवस्थापन कार्यविधि २०८० को मस्यौदासमेत तयार भएको गृहमन्त्री श्रेष्ठले जानकारी दिए। 

प्रकाशित: Jun 25, 2023| 13:07 आइतबार, असार १०, २०८०
प्रतिक्रिया दिनुहोस्