बिहीबार, साउन २२, २०८२

मेयर बालेनविरुद्ध सर्वोच्चमा अवहेलना मुद्दा

 |  आइतबार, असार १०, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, असार १०, २०८०

vianetvianet

काठमाडौं- काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले अदालतको अवेहलना गरेको भन्दै सर्वोच्च अदालतमा निवेदन परेको छ। अधिवक्ता वर्षाकुमारी झाले आज निवेदन पेश गरेकी हुन्।
निवेदनको पेसी न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासमा तोकिएको छ।

मेयर शाहले उच्च अदालत पाटनको आदेशविरुद्ध अभिव्यक्ति दिएका थिए। भारतीय चलचित्र 'आदिपुरुष' काठमाडौं महानगरपालिकाका चलचित्र हलहरूमा चल्न दिन भनेर उच्च अदालत पाटनले आदेश दिएपछि मेयर शाहले फेसबुकमा अदालतविरुद्ध अभिव्यक्ति दिएका थिए।

सो अभिव्यक्तिले अदालतको अवहेलना भएको भन्दै अभिवक्ता झाले सर्वोच्च अदालतमा निवेदन पेस गरेकी हुन्। मेयर शाहले अदालत र सरकार बिकेको आरोप लगाएका थिए।

मेयर साहले सामाजिक सञ्जालमा लेखेका थिए, ‘जहाँ सवाल देशको सार्वभौमिकता र स्वाधीनताको आउँछ म कुनै कानून र अदालतलाई मान्नेवाला छैन। फिल्म लेखकले नेपाल भारतको अधीनमा थियो भनी सकेपछि उनीहरूको नियत थाहा हुन्छ। यो कुरालाई नेपाल सरकारले स्टन्ट भन्नू र अदालतले फिल्म चल्न दिनू भनेको नेपाल भारतको अधीनमा थियो, अदालत र सरकार भारतको गुलाम भएको बुझिन्छ। यसका लागि जुनसुकै सजाय भोग्न तयार छु, तर फिल्म चल्दैन र चल्न दिइनेछैन।’

प्रकाशित: Jun 25, 2023| 12:41 आइतबार, असार १०, २०८०
प्रतिक्रिया दिनुहोस्