बिहीबार, साउन २२, २०८२

कुन-कुन सडकमा छ पहिरोको अवरोध ?

 |  आइतबार, असार १०, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, असार १०, २०८०

vianetvianet

काठमाडौं- वर्षाका कारण देशका पाँच मुख्य सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ। अविरल वर्षाका कारण शनिबार राति पहिरो जाँदा कास्की, रोल्पा, डडेल्धुरा, म्याग्दी र बैतडीमा सडक अवरुद्ध भएको हो।

कास्कीको अन्नपूर्ण गाउँपालिका-३ पाउदुर घुम्तीस्थित पोखरा-बाग्लुङ सडक खण्ड, रोल्पा त्रिवेणी गाउँपालिका-२ कण्ठमालीस्थित सडक, डडेल्धुरा गन्यापधुरा गाउँपालिका-३ सेल्तडास्थित केआई सिंह राजमार्ग, म्याग्दी अन्नपूर्ण गाउँपालिका-२ नैनिबगरस्थित बेनी जोमसोम सडक खण्ड र बैतडी सिगास गाउँपालिका-९ जयपृथ्बी राजमार्ग अन्तर्गत बझाङ-खोड्पे सडक खण्ड पहिरोको कारण पूर्णरूपमा अवरोध भएको हो ।

पहिरो गएका सबै स्थानमा तत्काल खटिएको प्रहरीले आवश्यक उद्धार गर्नुका साथै अवरोध सडक खुलाउन सम्बन्धित निकायसँग समन्वय गरिरहेको बताएको छ।

 

प्रकाशित: Jun 25, 2023| 12:40 आइतबार, असार १०, २०८०
प्रतिक्रिया दिनुहोस्