आइतबार, असार ७, २०८३

पहिरोको उच्च जोखिममा मौरीखोला क्षेत्र

 |  आइतबार, असार १०, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, असार १०, २०८०

चितवन- नारायणगढ–मुग्लिन सडकखण्डको मौरीखोला क्षेत्र पहिरोको दृष्टिकोणले उच्च जोखिममा देखिएको छ। विगत तीन वर्षयता वर्षात्को समयमा मौरीखोलामा पटक–पटक पहिरो खसेर सडक अवरुद्ध हुँदै आएको छ।

National life

डिभिजन सडक कार्यालय चितवनले वर्षाको समयमा सो स्थानमा जुनसुकै समय पहिरो खस्न सक्ने भएकाले असारको २ गतेबाट एक्साभेटर तयारी अवस्थामा राखेको छ।

कार्यालयका प्रमुख डिभिजनल इन्जिनियर रमेशकुमार पौडेलका अनुसार विगत वर्ष अहिलेको अवस्था र अध्ययनलाई हेर्दा सो स्थानमा पहिरोको जोखिम उच्च छ।

विश्व बैंकका पहिरो विज्ञसहितको प्राविधिक टोलीले दुईपटक आएर अवस्थाको अध्ययन गरेर फर्किएको छ। उनका अनुसार यकिन जानकारी आइनसके पनि टोलीले प्रारम्भिक अध्ययनका आधारमा मौरीखोलामाथिको एकापट्टि डाँडाको भाग नै झर्न सक्ने जोखिम औँल्याएको छ।

सो ठाउँमा २५ हजार घनमिटर हाराहारी पहिरो खस्न सक्ने विज्ञ टोलीको अनुमान रहेको छ। उनले भने, ‘आठ–दश हजार घनमिटरसम्म त धान्न सकिन्छ। बढी भयो भने सडक रोकेर काम गर्नुपर्छ।’

Shivam cement

पुल भएको ठाउँमा माथि डाँडाबाट पहिरो खस्ने गर्दछ। गत साल ड्रोन उडाएर अध्ययन गर्दै गर्दा तीन सय मिटरभन्दा अग्लो डाँडा रहेको देखिएको थियो। डाँडामाथि बाटो खन्ने गरिएकाले पनि पहिरोको जोखिम बढ्दै गएको छ।

सोही क्षेत्रमा सन् २००३ मा जाइकाले पहिरो रोक्नका लागि काम गरेको थियो। पछि पहिराले तत्कालीन समयमा गरेको काम बगाएको थियो।

सो सडकखण्डमा पहिरोको समयमा काम गरेका ई. शिव खनालका अनुसार भू–गर्भविद्ले गरेको अध्ययनमा सो क्षेत्रको झन्डै सात सय मिटर लम्बाइ क्षेत्र पहिरोमा संरचना बनेकाले चलायमान छ। यसै कारण जुनसुकै बेला पहिरो खस्न सक्ने विज्ञहरूले आँकलन गरेको खनालले जानकारी दिए।

सो सडकको चार किलो र १८ किलोमा पनि पहिरोको उच्च जोखिम देखिएको छ। ती दुवै ठाउँमा तयारी अवस्थामा लोडर राखिएको छ।

यस्तै सेती दोभान र सिमलताल पनि पहिराको जोखिममा रहेको छ। सडकका १५ वटा नयाँ पुल बन्दै गरेका ठाउँमध्ये भित्ता काटिएका ठाउँमा पहिरो खस्न सक्ने भएकाले सावधानी अपनाइएको छ।

प्रकाशित: Jun 25, 2023| 12:44 आइतबार, असार १०, २०८०
प्रतिक्रिया दिनुहोस्