बिहीबार, साउन २२, २०८२

चट्याङ लागेर ६ जनाको मृत्यु, चार मृत फेला

 |  आइतबार, असार १०, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, असार १०, २०८०

vianetvianet

काठमाडौं- देशका विभिन्न स्थानमा पछिल्लो २४ घण्टामा चट्याङ लागेर ६ जनाको ज्यान गएको छ। यसैगरी फरक फरक स्थानमा चार जना मृत फेला परेका छन्।

प्रहरीका अनुसार दाङ, दंगीशरण गाउँपालिका-६ बागर बस्ने ३२ वर्षीय समिर केसी र सोही गाउँपालिका-३ चखौरा बस्ने ३७ वर्षीय बिरेन्द्र भन्ने रामनारायण चौधरीको चट्याङ लागेर शनिबार दिउँसो मृत्यु भएको छ। आ-आफ्नै खेतबारीमा काम गर्ने क्रममा चट्याङ लागेर गम्भीर घाइते भएका उनीहरू दुवै जनाको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारको क्रममा मृत्यु भएको हो।

कास्की, पोखरा महानगरपालिका-२३ हर्पन बस्ने ४९ वर्षीय देब बहादुर विकको चट्याङ लागेर शनिबार राति मृत्यु भएको छ। आफ्नै घरको ढोका लगाउने क्रममा चट्याङ लागेर गम्भीर घाइते भएका उनको मेट्रोसिटी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।

बाग्लुङ, ढोरपाटन नगरपालिका-५ पाखापानी बस्ने चित्र बहादुर बिकको छोरा ६ वर्षीय दिनेश बिक र छोरी ९ वर्षीया सुनिता बिकको चट्याङ लागेर शनिबार राति मृत्यु भएको छ।

गुल्मी, मालिका गाउँपालिका-८ फल्लेनी बस्ने ४० वर्षीया बिष्णु बिकको चट्याङ लागेर शनिबार राति मृत्यु भएको छ। आफ्नै घरको आँगनमा चट्याङ लागेर गम्भीर घाइते भएकी उनको प्राथामिक स्वास्थ्य केन्द्र रजस्थल गुल्मीमा उपचारको क्रममा मृत्यु भएको हो।

मृत फेला
ताप्लेजुङ, आठराई त्रिवेणी गाउँपालिका-१ निगुरादिनस्थित लिम्बुनी पुल जाने बाटोमा सोही गाउँपालिका-२ फुलबारी बस्ने ४२ वर्षीय राजेन्द्र बराईली शनिबार मृत अवस्थामा फेला परेका छन्।

झापा, भद्रपुर नगरपालिका-८ जनता चोकस्थित एसियन प्लाईउड फ्याक्ट्रीमा काम गरी बस्ने भारत किसानगंज गलगलिया-३ भादगाउँ घर भएका ५३ वर्षीय मोहमद हफिज उदीन सोही फ्याक्ट्रीमा शनिबार मृत अवस्थामा फेला परेका छन्।

दोलखा, जिरी नगरपालिका-६ सिजेल बस्ने ६८ वर्षीय सुबत बहादुर कार्की सोही ठाउँस्थित चौरमा शनिबार मृत अवस्थामा फेला परेका छन्।

रौतहट, चन्द्रपुर नगरपालिका-९ चाँदी खोलाको मलिनटोलको बगरमा हाल नाम, थर, वतन नखुलेकी महिला शनिबार मृत अवस्थामा फेला परेकी छिन्।

सवारी दुर्घटनामा दुई जनाको मृत्यु
मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१ चौकिटोलस्थित सडकमा प्र.३-००१ ख ०८५१ नम्बरको टिपरले बा.प्र.०३-००२ प ९०४४ नम्बरको स्कुटर र बा.६३ प ३१२० नम्बरको मोटरसाइकललाई शनिबार दिउँसो ठक्कर दिँदा स्कुटरमा सवार हेटौंडा उपमहानगरपालिका-१ जरुवा टोल बस्ने २५ वर्षीय सुमित कपालीको मृत्यु भएको छ।

ठक्करबाट गम्भीर घाइते भएका उनको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको हेटौंडा अस्पतालमा उपचार  भइरहेको छ। टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

बाग्लुङ, काठेखोला गाउँपालिका-३ धम्जा देउरालीस्थित सडकमा ग.१ ज ७१९० नम्बरको बोलेरो जीप सडकबाट करिब २५ मिटर तल खसेर शनिबार राति दुर्घटना हुँदा जीपमा सवार सोही गाउँपालिका-३ धम्जा बस्ने १९ वर्षीय बिजय विकको घटनास्थलमै मृत्यु भएको छ। साथै दुर्घटनामा घाइते भएका जीपमा सवार अन्य २ जनाको धौलागिरी अस्पताल  बाग्लुङमा उपचार भइरहेको छ। प्रहरीले हाल फरार जीप चालकको खोजी गरिरहेको छ।

करेन्ट लागेर दुई जनाको मृत्यु
सर्लाही, गोडैता नगरपालिका-२ भटुलिया बस्ने देव नारायण महतोको छोरा १० वर्षीय आदित्य कुमार महतोको करेन्ट लागेर शनिबार दिउँसो मृत्यु भएको छ। छिमेकी रामजी महतोको मोटर जडान भएको धाराबाट करेन्ट लागेर गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल मलंगवामा उपचारको क्रममा मृत्यु भएको हो।

नवलपरासी (पूर्व), बिनयी त्रिबेणी गाउँपालिका-७ रानीनगर बस्ने २१ वर्षीया तारा देबी जैसवालको करेन्ट लागेर शनिबार राति मृत्यु भएको छ। आफ्नै घरको बाथरूमबाट कपडा धोएर विजुलीको स्विच अफ गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएकी उनको मेडिकल कलेज भैरहवा रुपन्देहीमा उपचारको क्रममा मृत्यु भएको हो।

डुबेर मृत्यु
काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिका-७ स्थित शुभ श्री वेक्वेट ब्लु हेमनको स्विमिङ पुलमा डुबेर सोही नगरपालिका-६ मुलपानी बस्ने १९ वर्षीय प्रभाश अधिकारीको शनिबार दिउँसो मृत्यु भएको छज़ पौडी खेल्ने क्रममा डुबेर अशक्त भएका उनको पेप्सीकोलास्थित मदरल्याण्ड अस्पताल हुँदै सिभिल हस्पिटल बानेश्वरमा थप उपचारको क्रममा मृत्यु भएको हो।

साथै पौडी खेल्ने क्रममा डुबेर गम्भीर घाइते भएका दोलखा घर भई सोही ठाउँ बस्ने १९ वर्षीय सुरेन्द्र दाहाललाई सोही अस्पतालमा हुँदै थप उपचारको लागि केएमसी अस्पताल रिफर गरिएको छ।

 

प्रकाशित: Jun 25, 2023| 12:17 आइतबार, असार १०, २०८०
प्रतिक्रिया दिनुहोस्