शुक्रबार, वैशाख २६, २०८२

कमला किनारमा बाढी पर्खिरहेका माझी

हुलाकी राजमार्ग हुँदै हिँड्ने यात्रुहरुको संख्या पातलिँदै गएको छ भने नदी किनारमा डुंगा खियाउने माझीहरुको संख्या भने बढ्न थालेको छ।
 |  आइतबार, असार १०, २०८०
nespernesper

टीकाराम सुनार/सुदीप राउत

टीकाराम सुनार/सुदीप राउत

आइतबार, असार १०, २०८०

vianetvianet

जनकपुरधाम- केही हप्ताअघिसम्म सामान्य अवस्थामा एकनाश बगिरहेको कमला नदीले असार लागेसँगै आकार बढाइसकेको छ। असारसँगै सुरु भएको वर्षाले कमला नदीमा बढेको पानीको बहावले यहाँको अस्थायी काठेपुल बगाइसकेको छ।

triton college

नदीले आकार बढाउँदै गर्दा स्थानीयमा कमला नदीले रौद्ररुप लिन्छ कि भन्ने चिन्ता पनि बढेको छ। त्यसैले नदी किनारका मानवबस्तीमा त्रास छ। नदी किरानमा जोखिम बढ्दै जान थालेपछि बगरखेती गर्नेहरु पनि बगर छोड्ने सुरसारमा छन्।

हुलाकी राजमार्ग हुँदै हिँड्ने यात्रुहरुको संख्या पातलिँदै गएको छ भने नदी किनारमा डुंगा खियाउने माझीहरुको संख्या भने बढ्न थालेको छ। त्यसैमध्येका एक हुन्–कमला नगरपालिका-५ धनुषाका ८० वर्षिय माझी ‘बा’ रामसेवक सहनी।

उमेर बुढो भए पनि शरीरमा जोस् भने जवान माझी सरह नै छ। बिहान झिसमिसे नहुँदै  कमला नदीको सारस्वरनाथ घाटछेऊ पुग्ने र घाम डुबेपछि मात्रै फर्किने सहनीको दिनचर्या बनेको छ। 'के गर्नु वर्षाका दुई/चार महिना त हो डुंगा चलाउन पाउने। यो सानै उमेरदेखि गर्दै आएको काम हो। यही घाटमा डुंगा खियाउँदै जीवन बित्यो। ज्यानले साथ दिएसम्म त काम गर्नै पर्‍यो', उनले भने।

कमला-५ का ५२ वर्षिय रामेश्वर सहनीको दिनचर्या पनि त्यस्तै छ। नदी किनारमा बिहानदेखि बेलुका आँखाले देखुञ्चेल डुंगा खियाउन उनी व्यस्त हुन्छन्। यो दैनिकी आगामी करिब चार महिनासम्म चल्छ। 'देशमा हुँदा नौ/दश वर्षको उमेरदेखि यही घाटमा जीवन बितेको छ। बाउबाजेले महेन्द्र राजमार्ग बन्नुभन्दा पहिले बन्दिपुर नजिकै कमला नदीमा डुंगा चलाउनुहुन्थ्यो। त्यहाँ पुल बनेपछि यही घाटमा चलाइरहेका छौं', सहनीले भने, 'यहाँ पनि कहिलेसम्म चलाउन पाउने हो ? भासिएको पुल नउठेसम्म त होला !'

National life insurance

वर्षायामका करिब चार महिना डुंगा चलाएर प्रतिमहिना दशदेखि बीस हजार आम्दानी हुने उनको भनाइ छ। सहनीका शब्दमा यो रहर नभई उनको बाध्यता हो। 'पेशा हो लोभ त लाग्छ तर रहरले नभई कमला पुल नबन्दा जनताले भोग्नुपरेको सास्तीका कारण बाध्य भएर डुंगा चलाइरहेका छौं। मैले त १५ वर्षभन्दा बढी समय कतारमा बिताएँ। रातारात हुने त्यहाँको विकास देखेको छु। यहाँ त पुल नदेखेरै पुस्तौं बित्यो, १२ वर्षअघि पुल बन्न थालेपछि निकै उत्साहित भएका थियौं तर त्यो पनि अलपत्र छ। थप कति वर्ष लाग्ने हो कुनै ठेगान नै छैन', सहनीको गुनासो छ।  

उनीसँगै कक्षा ११ मा अध्ययनरत छोरा हरिदेवकुमार सहनी पनि डुंगा चलाउन सिक्दैछन्। बुबाको अनुपस्थितिमा सजिलो होला भनेर फुर्सदको समयमा आफूले पनि डुंगा चलाउन सकिरहेको हरिदेवले बताए।    'हाम्रो जात नै डुंगा चलाउने हो। बुबाले बाजेबाट सिक्नुभयो र मैले बुबाबाट सिक्दैछु। बाजेले कमलामा पुल देख्न पाउनुभएन, बुबाको पालामा पनि बन्छ कि बन्दैन थाहा छैन। के थाहा ! यस्तै अवस्था रहे मैले पनि डुंगा चलाएर बस्नुपर्ने हो कि', हरिदेवले पुलतर्फ हेर्दै भने।

स्थानीय समसुदेन मोहमदले पनि वर्षायाममा नजिकका बस्तीबाट कमला नदी वारपार गर्न डुंगाको विकल्प नभएको बताए। उनले वर्षौदेखि पुल नबन्दा निकै सास्ती खेप्दै जोखिमपूर्ण यात्रा गर्नुपरेको सुनाए। 'मेरो घर नदी वारीपट्टी सिरहा नगरपालिकामा पर्छ। नातेदारहरु नदी पारी धनुषामा बस्छन्। आउजाउ गर्दा डुंगाको विकल्प छैन कि त लामो दूरी पार गरेर जानुपर्छ', मोहम्मदले भने, 'नेताहरु भोट माग्न आउँदा पुल चाँडै बन्छ भन्छन् तर वर्षौ लागेर बनाएको पुल एकै वर्षात्मा भाँसिदा पनि कसैले केही गरेनन्। कहिले बन्ने हो अनुमान नै लगाउन सकिँदैन।'

यो पटक अहिलेसम्म पूर्णरुपमा वर्षा सुरु भइसकेको छैन। ढिलोचाँडो विगतका वर्षमा झैं बाढीको बेला आउँदैछ। नदी किनारका बस्तीमा वर्षा सुरु नहुँदै एकप्रकारको ‘त्रास’ छ। त्यस्तै त्रास छ वर्षौदेखि डुंगा खियाइरहेका माझीहरुलाई पनि। 'केही समय अर्थोपार्जन गरे पनि पुस्तौंपुस्ता पुल नहुँदाको सास्ती सबैले खप्नुपरिरहेको छ। तपाईंहरुले देखिसक्नुभयो बुढो र कुप्रो शरीर बोकेर बिहानैदेखि नदीमा आउनुभएका माझी बालाई। बुढा बाजस्तै हामीले पनि यहाँ बाढी पर्खेर बसिरहनुपरेको छ। यो रहर नभई बाध्यता हो। पुल नहुनुको बाध्यता !'

प्रकाशित: Jun 25, 2023| 12:02 आइतबार, असार १०, २०८०
प्रतिक्रिया दिनुहोस्