काठमाडौं- धनगढीका लागि उडेको श्री एयरलाइन्सको जहाज काठमाडौंमै अवतरण भएको छ। आइतबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट धनगढीका लागि उडेको जहाजमा समस्या आएपछि काठमाडौंमै फिर्ता भएको हो।
बिहान ७:५० बजे उडेको जहाजमा प्रेसराइजेसनको समस्या देखिएपछि काठमाडौंमै फिर्ता भएको हो। जहाजमा ७९ जना यात्रु थिए। यात्रुलाई अर्को जहाजमा पठाइएको छ।