बुधबार, साउन २७, २०८३

पश्चिम पहाडमा भारी वर्षा, सतर्क रहन आग्रह

 |  आइतबार, असार १०, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, असार १०, २०८०

काठमाडौं- जल तथा मौसम विज्ञान विभागले पश्चिम पहाडका विभिन्न क्षेत्रमा भारी वर्षा मापन गरिएको जनाएको छ।

बाढी पूर्वानुमान महाशाखाले आज बिहान सूचना जारी गर्दै दैलेख, सुर्खेत, कालिकोट, अछाम, डोटी, बझाङ, बाजुरा, डडेलधुरा र आसपास केही स्थानमा भारी वर्षा मापन भएको जानकारी दिएको छ।

यी क्षेत्रमा थप वर्षा भई आसपासका ससाना खोलामा आकस्मिक बाढी आउनुका साथै कमजोर भिरालो जमिनमा पहिरोको जोखिम हुन सक्ने भएकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। अछामको असराघाट र मान्म कालिकोट क्षेत्रमा समेत भारी वर्षा मापन भएको महाशाखाले जनाएको छ।

प्रकाशित: Jun 25, 2023| 06:08 आइतबार, असार १०, २०८०
प्रतिक्रिया दिनुहोस्