बिहीबार, साउन ७, २०८३

सिके राउतलाई थप १५ दिन थुन्‍न अदालतको आदेश

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- जिल्ला अदालत रौतहटले स्वतन्त्र मधेश आन्दोलका संयोजक सिके राउतलाई थप १५ दिन थुनामा राख्न आदेश दिएको छ। 

उनलाई राज्यविरुद्धको संगठित अपराधमा थप १५ दिन थुनामा राखी अनुसन्धान गर्न अदालतले आदेश दिएको छ। राउतसहित स्वतन्त्र मदेश माग गर्दै आन्दोलनरत पाँच जनालाई जिल्ला प्रहरी कार्यलय रौतहटले असोज २५ गते नियन्त्रणमा लिएको थियो। 

पक्राउ पर्नेमा सिके राउत, रौटहट संयोजक अशोक सिंह , विरेन्द्र दास, दिनेशलाल यादव जयप्रकास कुमार शाह छन्। जिल्ला न्यायाधीश प्रकास श्रेष्ठको इजलासले  थप अनुसन्धानका लागि १५ दिनको म्याद थप्न आदेश दिएको हो। 

राउत उनीविरुद्ध परेका तारेख लिन आउने क्रममा कार्यकर्ता सहित पक्राउ परेका थिए। राज्य विद्रोह वा संगठित अपराधमा संलग्नमाथी प्रहरीले बढीमा ६० दिन हिरासतमा लिई अनुसन्धान गर्न सक्छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।