मंगलबार, साउन २७, २०८२

रुसमा रोकियो आन्तरिक द्वन्द्व

 |  आइतबार, असार १०, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, असार १०, २०८०

vianetvianet

काठमाडौं- रुसमा अचानक आन्तरिक द्वन्द्व रोकिएको छ। वागनर ग्रुपले मस्कोतर्फ अगाडि बढिरहेको आफ्नो फौजलाई रोकेको छ। 

वागनर ग्रुपका प्रमुख येवगेनी प्रिगोजिनले सम्भावित रक्तपात रोक्न आफ्ना लडाकुलाई मस्को जानबाट रोकेको बताएका छन्।

राष्ट्रपति भ्लादिमिर पुटिनले पनि शनिबार मस्कोमा आपत्कालीन टेलिभिजन सम्बोधनका क्रममा रुसलाई गृहयुद्धमा फस्न नदिने प्रतिबद्धता व्यक्त गरेका छन्।

रुसी निजी सैन्य कम्पनी वाग्नरका नेता येभगेनी प्रिगोजिनले युक्रेन युद्धका लागि प्रमुख रुसी सैन्य मुख्यालय कब्जा गरेका छन्। प्रिगोजिनले रुसी सेनाविरुद्ध विद्रोहको आह्वान गरेका छन्। तर, उनले ‘कू’ गर्न खोजेको विषय अस्वीकार गरेका छन्।

वाग्नरले युक्रेनको सीमानजिकैको रुसी सहर रोस्तोभ आफ्नो नियन्त्रणमा ल्याएको र नागरिकलाई घरभित्रै बस्न भनिएको बताएको छ। बीबीसीको रुसी स्रोतले पनि वाग्नरका सैनिकले रोस्तोभको सैन्य सुविधा कब्जा गरेको बताएका छन्।

Metro Mart

प्रिगोजिनले रुसी रक्षामन्त्रीलाई नभेटेसम्म मस्कोमा मार्च गर्ने धम्की दिएका छन्। बेलायतले वाग्नर सेना राजधानी मस्कोतर्फ अघि बढिरहेको जनाएको छ।

प्रिगोजिनले सेनाले आफ्ना वाग्नर सेनामाथि घातक आक्रमण गरेको आरोप लगाएका छन्। वाग्नर सेना युक्रेनविरुद्ध लडिरहेको थियो। तनाव बढेसँगै पुटिनले प्रिगोजिनलाई विश्वासघात र देशद्रोह गरेको भन्दै सजाय दिने घोषणा गरेका छन्। प्रिगोजिनले भने पुटिनको आरोप अस्वीकार गरेका छन्।

प्रिगोजिन कुनै बेला पुटिनका निकट सहयोगी हुन्। पछिल्लो समय युद्धमा उनी पुटिनको निर्णयप्रति असन्तुष्ट रहेको टीकाटिप्पणी हुँदै आएको थियो।

मस्कोका मेयरले स्थिति कठिन रहेको बताएका छन्। मस्कोका मेयर सर्गेई सोब्यानिनले मस्कोमा ‘काउन्टर आतंकवादी अपरेसन’ शासन घोषणा गरिएको बताउँदै जोखिम कम गर्न सोमबार बिदा दिएका छन्।

पुटिनले देशभर सबै कमान्डरसँग कुरा गरेको बताएका छन्। उनले सबैलाई आफ्नो स्थिति बलियो बनाएर राख्न र गौरवपूर्ण तरिकाले लड्न भनेका छन्।

पुटिनले आज रुस नवनाजी र तिनका ‘ह्यान्डलर’को आक्रामकतालाई पन्छाउँदै आफ्नो भविष्यका लागि कठोर रूपमा लडिरहेको बताएका छन्। पश्चिमाका सम्पूर्ण सैन्य, आर्थिक र सूचना ‘मेसिन’ रुसविरुद्ध निर्देशित रहेको उनको जिकिर छ।

हजार वर्षको इतिहास भएको राज्य जनताको जीवन र सुरक्षा, सार्वभौमिकता र स्वतन्त्रताका लागि लडिरहेको पुटिनको भनाइ छ।

प्रकाशित: Jun 25, 2023| 06:53 आइतबार, असार १०, २०८०
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सुक्खाग्रस्त संकट झेलेका पर्साका कृषकलाई मलखादको पिरलो

सुक्खाग्रस्त संकट झेलेका पर्साका कृषकलाई मलखादको पिरलो

पर्सामा कृषकको मागअनुसार सरकारी अनुदानको मल उपलब्धता गराउन भने सकिएको छैन। कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले सरकारले तोकेको कोटाअनुसारको मलले ६०...