आइतबार, वैशाख १३, २०८३

वेस्ट इन्डीजविरुद्ध जिम्बावेको सहज जित

 |  शनिबार, असार ९, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, असार ९, २०८०

काठमाडौं- आइसिसी एकदिवसीय विश्वकप छनोट प्रतियोगितामा जिम्बावेले वेस्ट इन्डिजलाई पराजित गरेको छ।

National life

जिम्बावेको हरारेस्थित हरारे स्पोर्टस् क्लबमा आज भएको खेलमा घरेलु टोली जिम्बावेले वेस्ट इन्डिजलाई ३५ रनले पराजित गरेको हो। योसँगै समूह ‘ए’ बाट घरेलु टोली जिम्बावे, वेस्ट इन्डिज र नेदरल्यान्डस् प्रतियोगिताको सुपर सिक्समा प्रवेश गरेका छन्। सोही समूहमा रहेका नेपाल र अमेरिका भने प्रतियोगिताबाट बाहिरिएका छन्।

घरेलु टोली जिम्वावेले वेस्टइन्डिजलाई जितका लागि दुई सय ६९ रनको चुनौती दिएको थियो। जवाफमा वेस्ट इन्डिज ४४ दशमलव चार ओभरमा सबै विकेट गुमाउँदै दुई सय ३३ रनमा समेटियो।

वेस्ट इन्डिजका लागि कायल मयरर्सले सर्वाधिक ५६ रन बनाए भने रोस्टोन चसेले ४४ रन बनाए। त्यस्तै कप्तान साइ होपले ३० रन बनाउदाँ निकोलस पुरनले ३४ रन बनाए। ब्रेन्डन किङ्गले २० तथा जेसन होल्डर १९ रनमा आउट भए।

जिम्बावेका तीव्रगतिका बलर टेन्डाइ चताराले सर्वाधिक तीन विकेट लिए भने सिकन्दर राजा, ब्लेसिङ मुर्जाबानी र रिचर्ड नगारावाले समान दुई–दुई विकेट लिए।

kumari

त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको जिम्बावेले ४९ दशमलव पाँच ओभरमा सबै विकेट गुमाउँदै दुई सय ६८ रन बनाएको थियो। जिम्बावेका लागि सिकन्दर राजजाले ५८ बलमा छ चौका र दुई छक्कासहित सर्वाधिक ६८ रन बनाएका थिए। यसैगरी रायन बर्लले ५० रन जोडे भने क्रेग इर्विनले ४७ तथा सन विलियम्सले २३ रन बनाए।

वेस्टइन्डिजका किमो पलले तीन विकेट लिए भने अल्जारी जोसेफ र अकिल हुसैनले समान दुई–दुई विकेट लिए। अब जिम्बावेले समूह चरणको आफ्नो अन्तिम खेल सोमबार अमेरिकासँग खेल्नेछ। त्यस्तै वेस्टइन्डिजले सोमबार नै नेदरल्यान्डस्सँग खेल्नेछ।

प्रकाशित: Jun 24, 2023| 23:07 शनिबार, असार ९, २०८०
प्रतिक्रिया दिनुहोस्