बुधबार, साउन २७, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • निजी सैनिक कम्पनी वाग्नर समूहलाई आत्मसमर्पण गर्न रुसी रक्षा मन्त्रालयको आग्रह

निजी सैनिक कम्पनी वाग्नर समूहलाई आत्मसमर्पण गर्न रुसी रक्षा मन्त्रालयको आग्रह

 |  शनिबार, असार ९, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, असार ९, २०८०

मस्को- रूसमा निजी लडाकु कम्पनी वाग्नर समूहले सशस्त्र विद्रोहको प्रयास गरेको भन्दै रूसी रक्षा मन्त्रालयले उक्त समूहलाई शनिबार आत्मसमर्पण गर्न आग्रह गरेको छ।

‘हामी तपाईंलाई विवेकशील हुन र रूसी रक्षा मन्त्रालय वा कानून प्रवर्तन एजेन्सीका प्रतिनिधिहरूसँग जतिसक्दो चाँडो सम्पर्कमा आउन आग्रह गर्दछौं। हामी सबैको सुरक्षाको प्रत्याभूति दिनेछौं,’ मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
रूसी संघीय सुरक्षा सेवाको जनसम्पर्क केन्द्रले वाग्नर निजी सैन्य समूहका प्रमुख येभ्गेनी प्रिगोजिनविरुद्ध सशस्त्र विद्रोहका लागि उक्साएको अभियोगमा फौजदारी मुद्दा दायर गरिएको जनाएको छ।

प्रिगोजिनको टेलिग्राम च्यानलमार्फत् विद्रोहको चेतावनीका थुप्रै श्रव्य सामग्री पोस्ट गरिएपछि यो अपिल आएको हो।

रूसी समाचार संस्था तासका अनुसार यी रेकर्डिङमा प्रिगोजिनले आफ्नो एकाइमा आक्रमण भएको दाबी गर्दै रूसको सैन्य नेतृत्वलाई आक्रमण गर्ने योजना बनाएको उल्लेख छ।

यी घटनाहरूपछि मस्कोमा सुरक्षा उपायहरू उल्लेखनीय रूपमा सुदृढ गरिएको छ। अत्यावश्यक सुविधाहरू, राज्यका संस्थाहरू र यातायात पूर्वाधारहरूलाई उच्च सुरक्षामा राखिएको छ र प्रहरी र प्रतिकार्य एकाइहरू उच्च सतर्कतामा राखिएको तास समाचार एजेन्सीले जनाएको छ।    -सिन्ह्वा

प्रकाशित: Jun 24, 2023| 21:15 शनिबार, असार ९, २०८०
प्रतिक्रिया दिनुहोस्