बिहीबार, साउन ७, २०८३

प्रधानमन्त्रीको 'डिस्‍चार्ज' अझै अनिश्‍चित

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य सामन्य हुँदै गएको छ। प्रधानमन्त्री ओलीले बुधबारदेखि नियमित खाना खाने गरेका छन्।

बुधबार उनलाई माछा र भात खान दिइयो भने बिहीबार दालभात तरकारी खाएका छन्। बालुवटार स्रोतका अनुसार प्रधानमन्त्रीलाई डिस्चार्ज गर्दा फेरि धपेडी हुने भएकोले पूर्ण रुपमा स्वस्थ नभए सम्म डिस्चार्ज नगर्ने सल्‍लाह चिकित्‍सकहरुले दिएका छन्। प्रधानमन्त्री उठेर बस्ने र  आफैं शौचालय जाने गरेको स्रोतले बतायो। 

छातीको संक्रमण, ज्वरो र खोकी नियन्त्रणमा नआएपछि गत सोमबार महाराजगञ्जस्थित त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थान, मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका प्रधानमन्त्री ओलीको स्वास्थ्यमा थप सुधार आएको उपचारमा टोलीका संयोजक प्रा डा अरुण सायमीले जानकारी दिए। 

उनका अनुसार प्रधानमन्त्री ओलीलाई थप अध्ययन र परामर्शपछि घर फिर्ता गराइने तयारी छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।