मंगलबार, असार ३, २०८२

आईसीसी एकदिवसीय विश्वकप छनोट: सुपर सिक्समा पुग्न सकेन नेपाल

 |  शनिबार, असार ९, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

शनिबार, असार ९, २०८०

vianetvianet

आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताको शनिबार खेलिएको समूहगत चरणको आफ्नो अन्तिम खेलमा नेपाली टोलीले हार बेहोरेको छ।

जिम्बाब्वेमा भएको उक्त खेलमा नेदरल्यान्ड्सले नेपाललाई सात विकेटले हराएको हो। 

टस हारी पहिलो ब्याटिङको निम्तो पाएको नेपालले ४४.३ ओभरमा अलआउट हुनुअघि एक सय ६७ रन बनाएको थियो। जवाफी ब्याटिङमा ओर्लिएको नेदरल्यान्ड्सले २७.१ ओभरमा तीन विकेट गुमाएर विजय लक्ष्य पूरा गरेको थियो। 

नेदरल्यान्ड्ससँग पराजित भएसँगै नेपालको सुपर सिक्स चरणमा पुग्ने सम्भावना समाप्त भएको छ। नेपाललाई हराएपछि नेदरल्यान्ड्स सुपर सिक्स चरणमा पुगेको छ। नेपालले भने अब प्लेअफ चरणको खेल खेल्नेछ।

प्रकाशित: Jun 24, 2023| 18:41 शनिबार, असार ९, २०८०
प्रतिक्रिया दिनुहोस्