उत्तरी छिमेकी मुलुक चीनले पूर्वी नेपालका बाढीपहिरो प्रभावितलाई सहयोग गर्ने भएको छ। शनिबार पोखरामा ड्रागन बोट रेस फेस्टिभलको समापन कार्यक्रममा काठमाडौंस्थित चिनियाँ राजदूत चेन सोङले सो सहयोगबारे घोषणा गरेका हुन्।
१ असारमा पूर्वी नेपालका ताप्लेजुङ, संखुवासभा र पाँचथरमा बाढीपहिरोले व्यापक जनधनको क्षति भएको थियो। चीनले ४० लाख रुपैयाँ भने नगदै सहयोग गर्नेछ। अन्य राहत सामाग्री सहयोग गर्ने भएको हो।
‘अहिले नेपाल सरकारको ध्यान पूर्वी नेपालमा छ। चीन र नेपाल पनि नदी र हिमालबाट एक आपसमा जोडिएका छन्। यो दुःखको घडीमा सहयोग गर्नु हाम्रो पनि दायित्वभित्र पर्छ,’ चिनियाँ राजदूतले भने।