बुधबार, साउन २७, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • पूर्वी नेपालका बाढीपहिरो प्रभावितलाई चीनले एक करोडको सहयोग गर्ने

पूर्वी नेपालका बाढीपहिरो प्रभावितलाई चीनले एक करोडको सहयोग गर्ने

 |  शनिबार, असार ९, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, असार ९, २०८०

उत्तरी छिमेकी मुलुक चीनले पूर्वी नेपालका बाढीपहिरो प्रभावितलाई सहयोग गर्ने भएको छ। शनिबार पोखरामा ड्रागन बोट रेस फेस्टिभलको समापन कार्यक्रममा काठमाडौंस्थित चिनियाँ राजदूत चेन सोङले सो सहयोगबारे घोषणा गरेका हुन्।

१ असारमा पूर्वी नेपालका ताप्लेजुङ, संखुवासभा र पाँचथरमा बाढीपहिरोले व्यापक जनधनको क्षति भएको थियो। चीनले ४० लाख रुपैयाँ भने नगदै सहयोग गर्नेछ। अन्य राहत सामाग्री सहयोग गर्ने भएको हो।

‘अहिले नेपाल सरकारको ध्यान पूर्वी नेपालमा छ। चीन र नेपाल पनि नदी र हिमालबाट एक आपसमा जोडिएका छन्। यो दुःखको घडीमा सहयोग गर्नु हाम्रो पनि दायित्वभित्र पर्छ,’ चिनियाँ राजदूतले भने।

प्रकाशित: Jun 24, 2023| 19:57 शनिबार, असार ९, २०८०
प्रतिक्रिया दिनुहोस्