शुक्रबार, असार ५, २०८३

दुर्घटनामा निधन भएका मन्त्री सिंहको पाँच दिनपछि अन्त्येष्टि

 |  शनिबार, असार ९, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, असार ९, २०८०

जिप दुर्घटना परी मृत्यु भएका सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंह र उनकी धर्मपत्नी अमृतादेवी सिंहको पाँच दिनपछि आज अन्त्येष्टि गरिएको छ।

National life

जिल्ला अस्पताल बझाङमा राखिएको सिंह दम्पत्तीको पार्थिव शरीर आज जिल्ला अस्पतालदेखि चैनपुर बजार परिक्रमा गराई नेपाली कांग्रेस पार्टी कार्यालयमा शोक तथा श्रद्धाञ्जली अर्पण गरेर दिउँसो सेती नदीस्थित धौला बगर मसान घाट डुंग्रीमा अन्त्येष्टि गरिएको हो।

मन्त्री सिंहका कान्छा छोरा नर्वेबाट आउन समय लागेकाले अन्त्येष्टि ढिलो भएको हो। अन्त्येष्टिमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं परराष्ट्रमन्त्री एनपी साउद, सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल शाहले सिंहको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएका थिए। शव यात्रामा सयौं स्थानीयको सहभागिता थियो।

डडेल्धुराबाट गृहजिल्ला बझाङ जाने क्रममा मंगलबार मन्त्री सिंहसहित उनकी श्रीमती अमृतादेवी सिंह र भाउजू जयादेवी सिंहको दुर्घटनामा परी मृत्यु भएको थियो। सुपप्र ०१ ००१ झ ४८० नम्बरको जिप मंगलबार दिउँसो साढे १ बजे केदारस्युँ गाउँपालिकाको धारछडा भन्ने स्थानमा दुर्घटनामा परेको थियो।

दुर्घटनापछि उपचारका लागि मन्त्री सिंहलाई नेपाली सेनाको हेलिकप्टरबाट कोहलपुर मेडिकल कलेज लगिएकोमा सोही दिन कलेजले मृत घोषणा गरेको थियो। मन्त्री सिंहको निधनमा बुधबार सुदूरपश्चिम सरकारले शोक बिदा दिएको थियो।

Shivam cement

 

प्रकाशित: Jun 24, 2023| 17:37 शनिबार, असार ९, २०८०
प्रतिक्रिया दिनुहोस्