बिहीबार, साउन ७, २०८३

'अधिकार धेरैलाई बाँड्दा कांग्रेसमा गुट बलिया'

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं-नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले पार्टी नेतृत्वमा धेरैलाई अधिकार बाँड्दा गुटहरु बलियो बन्ने गरेको बताएका छन्।

कांग्रेसले पार्टीको विधान संशोधन मस्यौदा समिति गठन गरी प्रतिवेदन तयार पारिरहेको बेला सहमहामन्त्री डा. महतले विधानमा धेरैलाई अधिकार दिँदा गुटहरु धेरै बलियो हुने भन्दै सभापतिलाई कमजोर बनाउन नहुने वताए।

‘सभापतिलाई अहिलेकै अवस्थामा  काम गर्न त पावर (अधिकार) पुगेको छैन भने यो भन्दा कम पावर दिए सभापति नै चल्न सक्ने अवस्था छैन’, सहमहामन्त्री डा. महतले बुधबार रिपोर्टर्स क्लवले आयोजना गरेको साक्षात्कारमा भने, ‘व्यक्तिलाई हेरेर विधान बनाउने होइन, त्यसैले कसरी पार्टीलाई हाँक्न सकिन्छ भन्ने बिषयलाई ध्यान दिएर नै विधानमा संशोधन हुनेछ।’

विधान संशोधन मस्यौदा समितिले जस्तो प्रतिवेदन तयार गरे पनि त्यसको खास अर्थ नरहने भन्दै महतले केन्द्रीय कार्य समितिले उचित ठानेका बिषयबस्तु मात्र पारित हुने बताए। पार्टीको विधान संशोधन गर्न केन्द्रीय कार्य समितिले पारित गरेर महासमिति बैठकमा पेश गर्नु पर्ने वैधानिक प्रावधान छ।

महतले अहिलेको सन्दर्भमा कांग्रेसमा क्रियाशिल सदस्यता नहरने भन्ने बिषय निष्कर्षमा नपुगेको बताए। उनले मस्यौदा समितिले प्रतिवेदन नै केन्द्रीय कार्य समितिलाई नबुझाएको अवस्थामा क्रियाशिल सदस्यता नरहने भन्ने बिषय साँचो नभएको बताए। उनले भने ‘क्रियाशिल सदस्यहरु पार्टीलाई चाहिन्छ।’

गोली ठोक्नेलाई सरकारको संरक्षण

साक्षात्कार कार्यक्रममा सहमहामन्त्री डा. महतले सरकारी संरक्षणमा नै सर्लाहीको रामपुरमा कांग्रेस कार्यकर्ता रामविलास महतोको हत्या भएको आरोप लगाए। ‘सत्तारुढ नेकपा कै कार्यकर्ताले सरकारको संरक्षणमा हाम्रा कार्यकर्ताको हत्या र वडाअध्यक्षसहित दर्जनौंलाई घाईते बनाएको छ’ महतले भने, ‘विपक्षी देख्नै नहुने आक्रमण गर्ने र राज्यको सेवा सुविधानबाट समेत बञ्चित गर्ने काम भएको छ।’

सरकारले हत्या, हिंसा र बलात्कारलाई नियन्त्रण गर्न नसके आगामी तिहार र छठपछि कांग्रेसले सदन र सडकमा संघर्षका कार्यक्रम ल्याउने डा. महतले घोषणा गरे। उनले भने ‘सरकारले विपक्षीलाई पेल्ने क्रियाकलापबाट पछि नहटे हामी सडक र सदनमा त्यसका बिरुद्ध आन्दोलन गर्नेछौं।’

अत्यधिक र असिमित करको कारण बैदेशिक लगानी ओली नेतृत्वको सरकार बनेपछि ७५ प्रतिशतले घटेको महतले दाबी गरे। उनले स्वतन्त्र न्यायपालिकामाथि हस्तक्षेप र कर्मचारीमाथि पूर्वाग्रहको आधारमा सरुवा बढुवा र अवसरबाट वञ्चित गर्ने काम भएको दाबी गरे। 

महतले बलात्कारको घटनलाई नियन्त्रण गर्नुको सट्टामा रक्षक नै भक्षक भने झै सरकार नै अपराध कर्ममा लागेको र वाइड बडी जहाज खरिद प्रकरणमा भ्रष्टाचार गरेको आरोप लगाए। 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।