बिहीबार, माघ २२, २०८२

आईसीसी विश्वकप छनोटः नेदरल्यान्ड्सलाई १६८ रनको लक्ष्य

नेपालले ४४ ओभर तीन बलमा सबै विकेट गुमाएर १६७ रन बनाएको हो।
 |  शनिबार, असार ९, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, असार ९, २०८०

काठमाडौं– जिम्बाबेको टाकासिंगा मैदानमा जारी आईसीसी एकदिवसीय विश्वकप क्रिकेट छनोटअन्तर्गत सुरुआती ब्याटिङ गरेको नेपालले नेदरल्यान्ड्सलाई जम्मा १६७ रनको लक्ष्य दिएको छ। नेपालले ४४ ओभर तीन बलमा सबै विकेट गुमाएर १६७ रन बनाएको हो।

National life

छनोटको सुपर सिक्समा पुग्ने हो भने नेपाल र नेदरल्यान्ड्सलाई अनिवार्य जित्नैपर्नेछ। त्यसैले दुवै टिमले प्रतिस्र्धात्मक खेल प्रस्तुत गरिरहेका छन्। नेपालले खेलमा राम्रो प्रदर्शन गर्न खोजे लगातार विकेट गुमाउँदा १६७ रनमै चित्त बुझाउनुपरेको हो।

नेपालका लागि कप्तान रोहित कुमार पौडेलले सर्वाधिक ३३ रन बनाए। ३३ रन बनाउन पनि उनले ५५ रन खर्चिए। नेपालले खेलको तेस्रो ओभरमै दोस्रो विकेट गुमायो। ओपनर आसिफ शेख पहिलो विकेटका रुपमा आउट भएको १२ ओभरपछि नेपालले दोस्रो विकेटका रुपमा कुशल भुर्तेललाई गुमाएको थियो।

ओपनर कुशलले ४२ बलमा २७ रन मात्र बनाउन सके। विक्रमजित सिंहले एडवार्डको हातबाट क्याच आउट भएपछि नेपालको खातामा ४६ रन मात्र थियो। उनी १४ ओभर पाँच बलमा आउट भएका हुन्।

त्यसअघि खेलमा दुई बल मात्र सामना गर्न पाएका आसिफ आउट भए। आसिफ आउट हुँदा नेपालको खातामा सात रन थियो। उनलाई भान विकले तेस्रो ओभरको दोस्रो बलमा पवेलियन फर्काएका थिए।

Laxmi sunrise bank

निदरल्यान्ड्सँगको छनोट समूह चरणको अन्तिम खेलमा नेपालले जित्नैपर्ने भए पनि त्यति सहज  देखिँदैन। आरिफ आउट हुँदा ५४ रन बनाएको नेपालले ६६ रन बनाउँदा चार विकेट गुमायो। त्यसपछि कुशल मल्ल र कप्तान रोहित पौडेलको जोडीलाई केही समय टिक्ने आशा गरिए  पनि उनीहरुको साझेदारी जम्न सकेन।

नेपालविरुद्ध नेदरल्यान्ड्सका लोगन भान विकले ४ विकेट लिए भने बास डी लिड र विक्रमाजितले समान दुई–दुई विकेट लिए। त्यस्तै, क्लाटन फ्योड र आर्यन दत्तले पनि समान एक–एक विकेट गिराएका थिए।

प्रकाशित: Jun 24, 2023| 16:23 शनिबार, असार ९, २०८०
प्रतिक्रिया दिनुहोस्