काठमाडौं-आइएमई ग्रुप र बुढानिलकण्ठ नगरपालिका-०८, सुन्दरबस्तीमा अवस्थित नउलिन स्पोर्टस् भिल्लाबीच सम्झौता भएको छ। सम्झौताअनुसार ग्रुपमा कार्यरत कर्मचारीहरू र आइएमई प्रिभिलेज कार्डवाहक सेवाग्राहीहरूले उक्त भिल्लामा टेनिस खेल्दा १५ प्रतिशत विशेष छुट पाउनेछन् ।
ग्रुपसँग प्रत्यक्ष सम्बन्धित कम्पनीहरू आइएमई लिमिटेड, आइएमई डिजिटल सोलुसन लिमिटेड, सीएम ट्रेडिङ, आइएमई अटोमोटिभ्स/मोटर्स, चन्द्रागिरि हिल्स लिमिटेड, आइएमई म्यानेजमेन्ट, स्वीफ्ट टेक्नोलोजी र हाथवे इन्भेष्टमेन्ट एवम् आइएमई ग्रुपको लगानी रहेका पब्लिक लिमिटेड कम्पनीहरु ग्लोबल आइएमई बैंक लिमिटेड, आइएमई लाइफ इन्सोरेन्स कम्पनी लिमिटेड, आइएमई जनरल इन्सोरेन्स कम्पनी लिमिटेड र आइएमई को–अपरेटिभ सर्भिस लिमिटेडमा कार्यरत सम्पूर्ण कर्मचारीहरूले यो सुविधालिन सक्नेछन्। यसका साथसाथै कर्मचारीका बालबालिकाहरूलाई सप्तान्तमा विशेष सहुलियत समेत प्रदानगरिनेछ ।
यो सुविधा लिनकालागि कार्यरत कर्मचारीहरूको हकमा आइएमई ग्रुप अन्तर्गतका सम्बन्धित कम्पनीहरूले जारी गरेको कर्मचारी परिचयपत्र र सेवाग्राहीहरूले आइएमई लिमिटेडले प्रदान गरेको आइएमई प्रिभिलेज कार्ड देखाउनुपर्नेछ । सम्झौतापत्रमा आइएमई ग्रुपका तर्फबाट जनसम्पर्क व्यवस्थापन प्रमुख राजु पौडेल र नउलिन स्पोर्टस भिल्लाको तर्फबाट प्रवन्ध निर्देशक किशोर थापाले हस्ताक्षर गरेका छन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४